नेपाल इन्जिनियरिङ कलेज प्रकरण

अनामनगरका लम्बोदर न्यौपानेलाई फेला पार्न बबरमहलको विशेष अदालतलाई सकस

लम्बोदरले अनामनगरमा घर बनाइरहेका छन् । तर, आधा किलोमिटर पर रहेको विशेष अदालतले उनलाई म्याद तामेली गर्न सकेको छैन। उनलाई राजनीतिक शक्ति केन्द्रको संरक्षण छ । जसकारण सामाजिक शैक्षिक संस्था, नेपाल इन्जिनियरिङ कलेजमा उनी कार्यकारी अध्यक्ष हुँदा गरेका करोडौँ रकम हिनामिना र कलेज नै हत्याउने षड्यन्त्रको मुद्दा प्रभावित बनेको छ।

नेपालभ्युज

अनामनगरका लम्बोदर न्यौपानेलाई फेला पार्न बबरमहलको विशेष अदालतलाई सकस

काठमाडौं। नेपाल इन्जिनियरिङ कलेजको करोडौँ सम्पत्ति दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेविरुद्ध विशेष अदालतमा दायर गरिएको मुद्दाको २० महिनादेखि पेशी चढ्न सकेको छैन

सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले अढाई वर्ष लगाएर गरेको अनुसन्धानमा न्यौपानेले मात्रै १२ करोड ८४ लाख रुपैयाँ गैरकानूनी रूपमा आर्जन गरेको ठहर गर्दै दायर गरिएको मुद्दामा अहिलेसम्म पेशी नचढेको हो।

विभागले उक्त प्रकरणमा न्यौपानेसहित कलेजका तत्कालीन सञ्चालकहरूविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै २०७८ माघ २७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

तर, २० महिना भइसक्दा पनि मुद्दाको म्याद तामेली पनि भइसकेको छैन । ‘हामीले विशेष सरकारी वकिलको कार्यालयलाई फायल बुझाएको नै २० महिना भइसक्यो । तर, पेशी चढेको थाहा भएन’ यस प्रकरणको अनुसन्धानमा लामो समय खर्चिएका तत्कालीन विभागका एक कर्मचारीले भने ।

विशेष अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले दायर गरेको मुद्दामा प्रतिवादीहरूलाई म्याद तामेलीमा पठाइएको बताए ।
मुद्दामा सात प्रतिवादी रहेकोमा २ जना तारेखमा रहेको ३ जनाले पत्र बुझेको, २ जनामा एक जनालाई म्याद तामेलीमा पठाइएको तथा एक जना फरार रहेको उनले जानकारी दिए ।

बालुवाटार जग्गा प्रकरण जस्तै सरकारले नै आरोपितमाथि रोक्यो अर्को मुद्दा

विशेष अदालतका प्रवक्तासमेत रहेका उपरजिष्ट्रार कार्कीका अनुसार लवराज भट्टराई र उपेन्द्र गौतमले तारेख बुझिरहेका छन् । प्रतिवादी रामरत्न उपाध्याय र उनकी श्रीमती इन्दिरा उपाध्याय, स्वर्गीय दीपक भट्टराईकी श्रीमती इलिया दीक्षित भट्टराई, हरिप्रसाद पाण्डेले म्याद तामेली लिएका छन् ।

पोखराका पूर्व सांसदसमेत रहेका स्वर्गीय सूर्यबहादुर केसीकी श्रीमतीलाई म्याद तामेलीका लागि जिल्ला अदालत कास्कीमा पत्र पठाइएको छ । तर, प्रकरणका मुख्य आरोपित लम्बोदर न्यौपाने भने फरार छन् ।

विशेष अदालतका म्याद तामेलदारले उनको ठेगानामा म्याद तामेल गराउन असफल भएका छन् । काठमाडौं विशालनगर चण्डोल ठेगानामा अदालतले म्याद तामेलीका लागि पठाए पनि प्रतिवादी फेला परेका छैनन् ।

यता पत्र बुझेकाहरूको हकमा कार्तिक १९ गते तारेख छ । ‘पोखराका सूर्यबहादुर केसी र उनकी श्रीमतीको नाममा म्याद तामेलीका लागि पठाइएको छ । लवराज भट्टराई र उपेन्द्र गौतमले तारेख बुझ्नु भएको छ । इलिया दीक्षित भट्टराई, रामरत्न उपाध्याय र उनकी श्रीमती इन्दिरा उपाध्यायले म्याद तामेली लिएका छन् । लम्बोदर न्यौपाने र उनकी श्रीमती उषा न्यौपाने अहिलेसम्म फेला पार्न सकिएको छैन ’ उपरजिष्ट्रार कार्कीले भने ।

अदालतले नै अड्कायो सम्पत्ति शुद्धीकरण मुद्दा : १३ महिनामा चढेन एउटै पेशी

म्याद तामेलीमा ढिलासुस्ती हुनुको कारण प्रक्रिया पुरा गर्न समय लाग्नु, प्रतिवादीहरूको ठेगाना स्पष्ट नहुनु रहेको उपरजिस्ट्रारको कथन छ । पछिल्लो समय आफूले पुराना फायलहरूमा केन्द्रित रहेर काम गरिरहेको हुँदा चाँडै सम्पत्ति सुद्धिकरणको केस पेशीमा चढ्ने कार्कीले बताए । ‘यो केस पेशीमा चढ्न ढिलाइ भएकै हो तर, अब म्याद तामेली भइसकेपछि अगाडी बढ्छ।’

लम्बोदर न्यौपानेको केसमा म्याद तामेली नभए, म्याद बुझी नलिए एकाघर बसोबास गरेको स्थानमा म्याद टाँसी तामेली गर्ने त्यो समेत नभए हुलाक, विद्युतीय माध्यम वा पत्रिकामार्फत तामेल गराइने उपरजिष्ट्रार कार्कीले जनाए । म्याद तामेली नभए कानुन अनुसार रितपूर्वक एकतर्फी पेशी चढेर फैसला हुन्छ ।

श्रोतका अनुसार लम्बोदर न्यौपाने काठमाडौं अनामनगरमा घर बनाइरहेका छन् । राजनीतिक शक्ति केन्द्रको संरक्षणमा रहेका न्यौपानेलाई सत्तारुढ नेपाली कांग्रेसकै केही सांसदहरूको संरक्षण छ । भक्तपुर क्षेत्र नं २ का सांसद जो कांग्रेस सभापति शेरबहादुर देउवाका नजिकका छन् उनको न्यौपानेलाई संरक्षण रहेको कतिपयको दाबी छ।

विभागले लम्बोदर विरुद्ध १२ करोड ८४ लाख रुपैयाँ, रामरत्न उपाध्याय विरुद्ध १ करोड २५ लाख, उपेन्द्र गौतम विरुद्ध २ करोड २९ लाख, लवराज भट्टराई विरुद्ध १ करोड ७९ लाख, स्वर्गीय सूर्यबहादुर केसी विरुद्ध २ करोड ३४ लाख, हरिप्रसाद पाण्डे विरुद्ध २ करोड ४३ लाख तथा स्वर्गीय दीपकप्रसाद भट्टराईलाई समेत ३६ लाख ५९ हजार रुपैयाँ बिगो कायम गर्दै विशेष सरकारी वकिलको कार्यालय मार्फत मुद्दा दायर गरेको थियो ।

सरकारवादी मुद्दामा विपक्षीसँग महान्यायाधिवक्ताको उठबस, लम्बोदर न्यौपानेको दौडधुप

न्यौपाने, रामरत्न उपाध्याय तथा स्वर्गीय सूर्यबहादुर केसीका श्रीमतीहरूलाई समेत विपक्षी बनाएर मुद्दा दायर गरिएको छ । विभागले मृत्यु भइसकेका दीपकप्रसाद भट्टराई र सूर्यबहादुर केसीबाहेक अन्य आरोपितलाई सम्पत्ति सुद्धिकरण निवारण ऐन २०६४ को दफा ३ बमोजिम दफा ३० बमोजिम बिगोको २ गुणा तथा २ देखि १० वर्ष कैद सजायको माग दाबी गरेको छ ।

सामाजिक शैक्षिक संस्थाका रूपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भई सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा २०७० सालदेखि २०७४ सालसम्म कार्यकारी अध्यक्ष हुँदा लम्बोदर न्यौपानेले कलेजको करोडौँ रकम हिनामिना गर्दै कलेज हत्याउने षड्यन्त्र गरेको आरोप छ ।

प्रकरणमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख घुस दिएको पुष्टि भएपछि पाठक र न्यौपानेविरुद्ध आयोगले भ्रष्टाचार गरेको अभियोगमा दायर गरेको मुद्दामा विशेषले फैसला सुनाइसकेको छ ।

फैसला अनुसार अख्तियारका पूर्वआयुक्त पाठकलाई ३ वर्ष ३ महिना तथा न्यौपानेलाई ३ वर्ष कैद सजाय र जनही ३९ लाख जरिवाना फैसला भएको छ । उक्त फैसला प्रति असहमति जनाउँदै अख्तियार सर्वोच्च अदालत गएको छ ।

नेपाल इन्जिनियरिङ कलेज गैरनाफामूलक सामाजिक संस्थाका रूपमा स्थापना गरिए पनि तत्कालीन अन्य सञ्चालकहरूलाई समेत गुहराममा पारी न्यौपानेले २०७४ सालमा कम्पनी रजिस्ट्रार कार्यालयमा नेपाल इन्जिनियरिङ कलेज प्रालि। नामक एकल संस्था दर्ता गरी २०५१ सालदेखि सञ्चालनमा आएको कलेज हत्याउने षड्यन्त्र गरेका थिए ।

विद्यार्थीले कलेजमा बुझाएको पैसा खल्तीमा हाल्थे लम्बोदर

सामाजिक संस्था निजीकरण गर्ने न्यौपानेको षड्यन्त्र थाहा पाएपछि कलेजका सञ्चालक सदस्यद्वय हरिप्रसाद पाण्डे र दीपक भट्टराईले सोको विरुद्ध कानुनी लडाइँ लडेका थिए ।

कलेज निजी हो कि, सामाजिक भन्ने विवाद उत्पन्न भएपछि संसद्को शिक्षा तथा स्वास्थ्य समिति मार्फत संसदीय छानबिन समिति समेत बनेको थियो । उक्त समितिले समेत नेपाल इन्जिनियरिङ कलेज सामाजिक शैक्षिक संस्था भएको निष्कर्ष निकाल्दै कलेजमा लम्बोदर न्यौपाने सहितको टीमले करोडौँ रुपैंया अपचलन गरेको ठहर गर्दै प्रतिवेदन दिएको थियो ।

न्यौपानेले सम्पत्ति सुद्धिकरणले तयार पारेको अनुसन्धान कार्यान्वयन नगराउन ठूलै दौडधुप गरेका थिए ।

विभागले विशेष सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पठाएर मुद्दा दायर गर्न लागेको सुइँको पाउने बित्तिकै उनले राजनीतिक शक्ति केन्द्र कहाँ दौडधुप गरेका थिए ।

नेपाल इन्जिनियरिङ कलेज प्रालि। पुनर्स्थापित सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

उक्त मुद्दा आफ्नो पक्षमा पार्न न्यौपानेले तत्कालीन महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई समेत भेटघाट गरेको आरोप छ ।

सम्बन्धित समाचार –

लम्बोदरले पत्नीको विदेश जानेआउने हवाई भाडा पनि कलेज कोषबाट खर्च गर्थे

इन्जिनियरिङ कलेज आर्थिक हिनामिना प्रकरण: अभियुक्तलाई उन्मुक्ति दिन चलखेल

इन्जिनियरिङ कलेज ठगी प्रकरण स् लम्बोदर न्यौपानेविरुद्ध मुद्दा दायर

सामुदायिक कलेजको रुपमा स्थापित नेपाल इन्जिनियरिङ कलेजको विधान

लम्बोदरले पत्नीको विदेश जानेआउने हवाई भाडा पनि कलेज कोषबाट खर्च गर्थे

लम्बोदर न्यौपानेलाई जोगाउन खोजेको भन्दै महान्यायाधिवक्ता खातीलाई कारवाहीको माग

लम्बोदर – राजनारायण ७८ लाख घुस प्रकरण स् अदालतले माग्यो बैंक स्टेटमेन्ट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved