अख्तियारका आयुक्तलाई घुस दिने लम्बोदरलाई सम्पत्ति शुद्धीकरण मुद्दामा तीन वर्ष कैद सजाय

नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक समिति अध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद संगै बिगोको दोब्बर (२५ करोड ६९ लाख ७५ हजार ९११ रुपैयाँ) जरिवाना तोकिएको छ ।

नेपालभ्युज

अख्तियारका आयुक्तलाई घुस दिने लम्बोदरलाई सम्पत्ति शुद्धीकरण मुद्दामा तीन वर्ष कैद सजाय

काठमाडौं । गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका लम्बोदर न्यौपानेलाई सजाय निर्धारण भएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले न्यौपानेलाई तीन वर्ष कैद सजाय तोकेको हो ।

नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक समिति अध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद संगै बिगोको दोब्बर (२५ करोड ६९ लाख ७५ हजार ९११ रुपैयाँ) जरिवाना तोकिएको छ ।

उनको उमेर, स्वास्थ्य स्थितिलगायतलाई मध्यनजर गर्दै सो सजाय तोकिएको फैसलामा उल्लेख छ ।

न्यौपानेले कलेजको नाममा हुनुपर्ने १२ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको भेटिएको विशेषले गत चैत २५ गते ठहर गरेको थियो ।

उनले कलेजको रकमबाट आफू र सञ्चालक समितिका अन्य सदस्यलाई तलब, भत्ता, गाडी र अन्य सुविधासमेत दिएका र आफ्नो आयस्रोतको आधारमा करसमेत नतिरेको ठहर छ ।

अनामनगरका लम्बोदर न्यौपानेलाई फेला पार्न बबरमहलको विशेष अदालतलाई सकस

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा चलाएको घटना नेपाल इन्जिनियरिङ कलेजसँग सम्बन्धित हो । कलेजको सम्पत्ति हिनामिना गरेर व्यक्तिगत लाभ लिएको आरोपमा न्यौपानेविरुद्ध मुद्दा परेको थियो । न्यौपाने यसअघि ठगी मुद्दामा समेत मुछिइसकेका छन् ।

उनी विरुद्धको मुद्दा जिल्ला अदालत भक्तपुरमा विचाराधीन छ । न्यौपानेले दिएको घुस लिएको कारण नै अख्तियारका आयुक्त राजनारायण पाठकले राजीनामा दिनुपरेको थियो ।

इन्जिनियरिङ कलेजभित्रको अनियमितता मिलाउने भन्दै पाठकले अर्का व्यक्तिमार्फत दुई पटकमा ७८ लाख रुपैयाँ घुस लिएको स्वीकारेको भिडिओ सार्वजनिक भएको थियो ।

त्यो रकम कलेजका तत्कालीन अध्यक्ष न्यौपानेले दिएका थिए । न्यौपाने विरुद्ध विशेष अदालतमा समेत घुस खुवाएको आरोपको मुद्दा विचाराधीन छ ।

सम्बन्धित समाचार –

बालुवाटार जग्गा प्रकरण जस्तै सरकारले नै आरोपितमाथि रोक्यो अर्को मुद्दा

अदालतले नै अड्कायो सम्पत्ति शुद्धीकरण मुद्दा : १३ महिनामा चढेन एउटै पेशी

सरकारवादी मुद्दामा विपक्षीसँग महान्यायाधिवक्ताको उठबस, लम्बोदर न्यौपानेको दौडधुप

विद्यार्थीले कलेजमा बुझाएको पैसा खल्तीमा हाल्थे लम्बोदर


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved