एक हप्तादेखि बेपत्ता चितवनकी लामिछाने भेटिइन्

नेपालभ्युज

एक हप्तादेखि बेपत्ता चितवनकी लामिछाने भेटिइन्

काठमाडौं । कलंकीबाट एक सातादेखि वेपत्ता भएकी चितवनकी २२ वर्षीया स्नेहा लामिछाने पशुपति मन्दि‍र परिसरमा भेटिएकी छन् ।

उनी पशुपति क्षेत्रमा रहेको आधारमा बुधबार साँझ परिवार र प्रहरीको टोली आरती स्थानतिर खोजीमा लागेको थियो। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार उनलाई आरती हुने क्षेत्रमा फेला पारिएको  हो ।

चितवन कालिका नगरपालिका-६ टाँडी घर भएकी  स्नेहा सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययनरत थिइन् । वैशाख १९ गते एक्लै घरबाट निस्किएकी उनी  सम्पर्कविहिन भएकी थिईन् ।

परिवारले निवेदन दिएपछि जिल्ला प्रहरी परिसरले उपत्यकाका विभिन्न नाकामा सीसी क्यामराको सहयोगमा खोजी गरिरहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved