प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा जसपाका सांसदलाई सहभागी नगराउन माग गर्दै उपेन्द्रको रिट

उपेन्द्र यादव जसपा पार्टीका सात सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नपाउन् भनेर सर्वोच्च पुगेका हुन् ।

नेपालभ्युज

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा जसपाका सांसदलाई सहभागी नगराउन माग गर्दै उपेन्द्रको रिट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिँदा त्यस प्रक्रियामा जसपाका सांसदहरूलाई सहभागी नगराउने उद्देश्यसहित जसपा नेपालका उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

यादवको वारेस भइ प्रकाश अधिकारीले आइतबार दायर गरेको रिटमा तीन वटा अन्तरिम आदेश माग गरिएको छ । जसमा, पहिलो नम्बरमै प्रधानमन्त्रीले संविधानको धारा १०० बमोजिम लिने विश्वासको मतको मतदान प्रक्रियामा ७ देखि १३ सम्म सम्मका विपक्षी (अशोक राईसहित उनको पक्षमा लागेका सात सांसदहरू)लाई सरिक नगराउने माग गरिएको छ ।

त्यस्तै, प्रस्तुत रिटको अन्तिम किनारा नहुञ्जेलसम्म ती सांसदहरूलाई संघीय संसद्को कुनै पनि संसदीय गतिविधिमा सहभागी हुन नदिन भनिएको छ ।

‘प्रतिनिधि सभाको सदस्य पद स्वतः गुमाइ सकेका पूर्व प्रतिनिधि सभाको सदस्यहरूलाई विश्वासको मतको प्रक्रियामा सहभागी गराइ विश्वासको मत लिन पुगेको अवस्थामा पनि त्यो मत प्रारम्भदेखि नै बदर हुने भएकोले त्यस्तो विश्वासको मतको मतदानलाई संविधानको धारा १०० को प्रयोजनक लागि विश्वासको मत प्राप्त गरेको भनि गणना नगर्नु नगराउनु’, रिट निवेदनमा भनिएको छ ।

यस रिटका लागि सोमबार नै पेसी तोकिएको छ ।

जसपा नेपाल विभाजन गरी गत वैशाख २३ मा अशोक राईले जसपा गठन गरेका थिए । सो दलले मान्यता समेत पाइसकेको छ । तर उपेन्द्र यादव सो पार्टीका सात सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नपाउन् भनेर सर्वोच्च पुगेका हुन् ।

जसपा नेपाल विभाजन भएपछि यादवले सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका कारण प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिन लागेका हुन् ।

उनले पार्टी विभाजनका विरुद्ध यसअघि एउटा अर्को रिट पनि दायर गरेका थिए । त्यसमा प्रारम्भिक सुनुवाइ समेत भइसकेको छ । सर्वोच्चले जसपा नेपाल विभाजनका सन्दर्भमा भएका निर्णयहरू यथास्थितिमा राख्न निर्वाचन आयोगलाई आदेश समेत दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved