बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई उच्च अदालतले दियो सफाइ

नेपालभ्युज

बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई उच्च अदालतले दियो सफाइ

काठमाडौं । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् ।

उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसलालाई बदर गर्दै लामिछानेलाई सफाइ दिएको हो ।

यसअघि जिल्ला अदालतले लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको थियो ।

बुधबार उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासले सफाइ दिएको हो ।

पीडित पक्षले अब सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउनेछ । अदालतबाट सफाइ पाएकाले सन्दीपलाई क्रिकेट करिअर अघि बढाउने बाटो खुलेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved