संविधानसभा नेपालमा दुई पटक आयो। दोस्रोले दिएको संविधानले छैटौं वर्षगाँठ पूरा गरेको छ। जन्मँदै अवगाल पाएको संविधानले ६ वर्षमा पनि सबैको अपनत्व प्राप्त गर्न सकेन। बरु अनेक स्वार्थको तारो बन्दै छ। घरेलु राजनीतिक शक्तिको उपेक्षा अनि भू–राजनीतिक भूमरीमा परेको छ, संविधान। स्वयं यसका निर्माताहरूको ज्यादतीबाट यो घायल छ। बेवारिसे छ। यो संविधान कसरी सबैको बन्छ ? ‘धमिलो पानीमा माछा मार्न खोज्ने’ कुत्सित स्वार्थबाट यसलाई कसरी जोगाउने ? कसरी यसको स्थायित्वको सुनिश्चितता गर्ने ? कसरी यसको प्रभावकारी कार्यान्वयन र संस्थागत विकास गर्ने ? नेपालभ्यूजले थालेको ‘संविधान मन्थन’ शृङ्खलामा तपाईं पनि जोडिनुहोस्। हामी सबैथरी रचनात्मक विचारलाई स्थान दिन्छौं। र, बहसका लागि अभिप्रेरित गर्छौ।
–प्रधानसम्पादक
संविधानलाई जीवन्त बनाउन प्रस्तावनामा लेखिएका मूलभुत मर्मलाई यथावत राखेर बाँकी सबै पुनर्लेखन गर्नुपर्छ । त्यसको लागि संविधानसभा नै चाहिन्छ भन्ने छैन ।