सन्दीपको मुद्दामा बहस सकियो, घटनाबारे सीसीटीभी फुटेज हेरेपछि फैसला आउने

नेपालभ्युज

सन्दीपको मुद्दामा बहस सकियो, घटनाबारे सीसीटीभी फुटेज हेरेपछि फैसला आउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा बहस सकिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा दुवै पक्षको बहस सकिएको हो ।

बहस पूरा भएपछि इजलासमा रहेका न्यायाधीशद्वयले घटनाबारे सीसीटीभी फुटेज मगाएर हेर्न थालेका छन्। फैसला गर्नु अघि फुटेज हेर्न लागिएको हो ।

फैसला सन्दीपको पक्षमा आए उनी तत्काल क्रिकेटमा फर्किन सक्नेछन र टी–२० विश्वकपमा सहभागी हुन सक्नेछन् । नेपाल क्रिकेट संघ (क्यान)ले पनि उनको फैसला पर्खेर बसेको छ ।

यदि उच्च अदालतले जिल्ला अदालतको फैसला कायम राखेको खण्डमा सन्दीपको निलम्बन जारी रहनेछ । उनी क्रिकेटमा फर्किन सक्ने छैनन् ।

यदि उच्चले जिल्लाकै फैसला सदर गरेमा सन्दीपसँग अन्तिम विकल्पका रुपमा सर्वोच्चमा पुनरावेदन गर्ने अवसर हुनेछ । पुनरावेदनको फैसला नआउञ्जेल उनी पक्राउ त पर्दैनन्, तर क्रिकेटमा फर्किने अवस्था हुने छैन ।

गत पुस २५ गते जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved