एजेन्सी । अहिले देशैभरी प्रदुषणले बच्चादेखि बुढासम्म विभिन्न रुघाखोकी, घाँटी दुख्ने आदि समस्याहरु देखिन थालेका छन् । त्यसो त शहरी क्षेत्रहरुमा प्रदुषणको मात्रा बढ्दै गइरहेको छ । तर पनि कतिपय अवस्थामा हामीले बाहिरको प्रदुषणलाई दोष दिन्छौं तर घरमा भएको धुलो तथा प्रदुषणले पनि समस्या निम्त्याउने गर्छ ।
मेडिकल रिपोर्टहरु अनुसार पत्ता लागेको छ कि घरभित्रै हुने एलर्जीले पनि विभिन्न प्रकारको दुष्प्रभाव हुन सक्छ । समयमै यसबारेमा ध्यान दिइएन भने दम, एलर्जीक राइनाइटिस र साइनसाइटिस जस्ता श्वास सम्बन्धी समस्याहरु बढ्ने तथा यस्ता विमारीले ग्रस्त व्यक्तिलाई अझै गाह्रो समस्या सिर्जना हुन सक्छ ।
बढ्दो तापक्रमसँगै घरभित्र हुने प्रदुषणलाई लिएर पनि सावधानी अपनाउनु पर्ने हुन्छ । स्वास्थ्य विशेषज्ञहरुका अनुसार घरमा भएका साना साना धुलाका कण, घरपालुवा जनावरका रौंहरु, हावामा हुने रुखोपन आदिले घरभित्र प्रदुषणको अवस्था सिर्जना गर्छ । जानौं घरभित्रको प्रदुषणबाट बच्नका लागि कस्ता उपायहरु अपनाउन सकिन्छ ।
नियमित सरसफाई
घरभित्रको प्रदुषणबाट बच्नका लागि समय समयमा कुना कुनाको सफाई गर्नुपर्दछ । घरमा हावा आउने जाने भइरहेको छ कि छैन त्यसको पनि ध्यान दिनु पर्छ । घरमा भेन्टिलेशनको राम्रो व्यवस्था हुनुपर्दछ । बाहिरको धुलो आउँछ भनेर झ्याल ढोका बन्द गर्दा समस्या बढ्न सक्छ । त्यसैले सरसफाईमा ध्यान दिने तर झ्याल ढोकाहरु खुला राख्नुपर्दछ ।
हावाको गुणात्मकता
बाहिरको प्रदुषण जसरी घरभित्रको प्रदुषण पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसप्रकारको जोखिमलाई कम गर्नका लागि स्वच्छ हावा बनाउने उपकरणहरुको पनि प्रयोग गर्न सकिन्छ । घरभित्रको हावा शुद्ध बनाइराख्न एकदमै जरुरी हुन्छ । त्यस्तै घरभित्र धुम्रपान पनि गर्नु हुँदैन ।
निर्जलीकरणबाट बचाव गर्ने
स्वास्थ्य विशेषज्ञका अनुसार जो व्यक्तिलाई पहिलदेखि नै श्वास सम्बन्धी समस्याहरु छन् उनीहरुमा निर्जलीकरण एउटा गम्भीर समस्या हुन सक्छ । यदी तपाईंले पानी कम पिउनुहुन्छ भने यसले वायुमार्गमा सुख्खापन तथा पोल्ने समस्या बढाउँछ । यसलाई पनि एलर्जी बढाउने कारकको रुपमा मानिन्छ । यसप्रकारका जोखिमलाई कम गर्नका लागि कम्तीमा तीन लिटर पानी अवश्य पिउनुहोस् ।
Facebook Comment
Comment