बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस दोस्रोमा

नेपालभ्युज

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस दोस्रोमा

काठमाडौं । बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । माओवादीलाई पछि पारेर कांग्रेस फेरि दोस्रो स्थानमा उक्लिएको छ ।

एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ३ हजार ४९७ मत ल्याएर अग्रता बनाएका छन् । कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले २ हजार ८२० मतसहित उनलाई पछ्याएका छन् ।

नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा १ हजार ८८१  मतसहित तेस्रो र एकीकृत समाजवादीका दिलबहादुर सिंह एक हजार ५० मतसहित चौथो स्थानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved