कञ्चनपुरमा सेप्टिक ट्यांकीमा खसेर बालकको मृत्यु

नेपालभ्युज

कञ्चनपुरमा सेप्टिक ट्यांकीमा खसेर बालकको मृत्यु

काठमाडौं । कञ्चनपुरमा सेप्टिक ट्यांकीमा खसेर एक बालकको मृत्यु भएको छ।

कृष्णपुर नगरपालिका-३ चित्रपुरका शिवा रानाका डेढ वर्षीय छोरा लिवन रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

छिमेकी रमेश रानाको ढक्कन खुला राखेको सेप्टिक ट्यांकीमा खसेका लिवन अचेत अवस्थामा फेला परेका थिए ।

उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल धनगढी लागिएको थियो । तर, चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।

घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved