नयाँ आमाले स्वास्थ्यको ख्याल राख्ने तरिका

नेपालभ्युज

नयाँ आमाले स्वास्थ्यको ख्याल राख्ने तरिका

एजेन्सी । आमाहरुले आफ्नो स्वास्थ्य बेवास्ता गर्दै सम्पूर्ण ख्याल सन्तानका लागि दिने गर्छन् । बच्चालाई कुनै प्रकारको समस्या नहोस् भनेर उनीहरु आफ्नो बारेमा धेरे सोच्दैनन् । तर, यसो गर्दा पनि बच्चालाई नै असर पर्दछ ।

किनकि आमाको स्वास्थ्य राम्रो भएन भने नवजात शिशुलाई पनि समस्या हुन्छ । शिशुले दुधको राम्रो पोषण पाउन सक्दैनन् । त्यसैले केही उपाय अपनाएर नयाँ आमाले पनि आफ्नो स्याहार तथा स्वास्थ्यको ख्याल राख्न सक्छन् ।

चिन्ता नलिने

विशेष गरी नयाँ आमाले चिन्ता लिनु हुँदैन । यसले तपाईं र बच्चा दुवैको शरीरमा नकारात्मक असर गर्दछ । आमा चिन्तामा रहँदा दुध नआउने समस्या तथा दुधबाट बच्चामा पनि त्यस्तो भावना जाने गर्छ ।

निद्रा

नयाँ आमाले आफ्नो निद्रामा पनि एकदमै ध्यान दिनुपर्दछ । रातमा बच्चाले सुत्न दिँदैन, दिनभर अन्य काममा समय बिताउने गर्दा निद्रा नपुग्ने तथा कम सुत्ने समस्या हुन्छ । जसले अन्य शारीरिक तथा मानसिक समस्या निम्त्याउन सक्छ ।

त्यसैले कम्तीमा आठ घण्टाको निद्रा पूरा गर्नुपर्दछ । रातमा पूरा नभएको खण्डमा दिउँसोमा पनि केहीबेर बच्चासँग सुत्न सकिन्छ ।

हाइड्रेट रहने

नवजात शिशुलाई ख्याल गर्न ऊर्जावान तथा शान्त मन हुन एकदमै जरुरी हुन्छ । त्यसैले आफूलाई सधैं हाइड्रेट राख्नु पर्दछ । पानीले शरीरमा ऊर्जा मिल्छ । साथमा यो छाला र कपालका लागि पनि राम्रो हुन्छ ।

खानपान

नयाँ आमाले आफ्नो खानपानमा पनि विशेष ध्यान दिनुपर्दछ । तपाईं जे खानुहुन्छ त्यसको सिधा असर बच्चालाई पनि पर्दछ । त्यसैले स्वस्थ तथा सफा खानेकुरा खानुपर्दछ । फलफूल, हरियो तरकारी प्रसस्त खानु पर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved