काठमाडौं । आईसीसी टी-२० विश्वकप(T20 world cup 2024) सुरु हुन केहि दिन मात्र बाँकी छ । यसबीच क्रिकेटप्रेमीहरूलाई खेल कसरी हेर्न सकिन्छ भनेर कौतुहलता जागिसकेको छ ।
यसैबीच आईसीसीको व्यवस्थापन पक्षले विश्वकपका खेलहरूको प्रत्यक्ष प्रसारकको टुंगो लगाएको छ ।
आईसीसी टीभीबाट ८८ देशमा विश्वकपको खेल हेर्न पाइनेछ । जसमा नेपाल पनि पर्दछ । यो नि:शुल्क हुन्छ ।
नेपालको हकमा आईसीसी टीभी(ICC TV)सहित भारतीय च्यानलहरूबाट पनि सजिलै खेल हेर्न सकिनेछ । भारतको स्टार स्पोर्ट्सले खेल प्रसारण गर्नेछ । जुनबाट नेपालमा पनि सहजै हेर्न सकिनेछ ।
विश्वकप आयोजक देश अमेरिकामा विलो टिभीबाट खेल हेर्न सकिनेछ । क्यानडामा पनि विलोटिभीबाटै हेर्न पाइनेछ ।
सह-आयोजक वेस्ट इन्डिजमा ईएसपीएन क्यारिबियन र ईएसपीएन प्ले क्यारिबियन एपबाट प्रत्यक्ष हेर्न पाइनेछ ।
विश्वकपको उपाधि दाबेदार मानिने भारतमा स्टार स्पोर्ट्सले हिन्दी, तमिल, तेलुगु र कन्नड भाषामा प्रत्यक्ष प्रसारण गर्नेछ । यस्तै, पाकिस्तानमा पीटीभी र टेन स्पोर्ट्सबाट हेर्न मिल्छ ।
विश्वकपको सदाबहार दाबेदार अस्ट्रेलियामा अमेजन, प्राइम भिडिओबाट तथा न्युजिल्यान्डमा स्काई स्पोर्ट एनजेटबाट प्रत्यक्ष हेर्न पाइनेछ ।
यस्तै, इंग्ल्यान्डमा स्काई स्पोर्ट्स, स्काई स्पोर्ट्स क्रिकेट, स्काई स्पोर्ट्स मेन इभेन्ट, स्काई स्पोर्ट्स एक्सन र स्काईगो, नाउ र स्काई स्पोर्ट्स एपबाट प्रत्यक्ष हेर्न पाइनेछ ।
दक्षिण अफ्रिका, युगान्डा र नामिबियामा सुपरस्पोर्ट र यसको एपबाट हेर्न पाइनेछ ।
आईसीसीका अनुसार यूएईमा स्टार्जप्ले, क्रिकलाइभम्याक्स र क्रिकलाइभम्याक्स-२ बाट हेर्न पाइनेछ । श्रीलंकामा टीभी-१, सिरासा र शक्ति टिभीले विश्वकप देखाउनेछन् ।
जुन १ देखि सुरु हुने विश्वकपमा २० अन्तर्राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
टी-२० विश्वकपमा नेपालले अफगानिस्तानलाई हराउँदा
टी-२० विश्वकप : नेपाली टोली र खेल्ने स्टेडियमसहित अन्य सम्पूर्ण जानकारी
टी–२० विश्वकप : प्रतियोगितासँग सम्बन्धित ६ नयाँ कुरा
अमेरिकामा किन हुँदैछ टी-२० विश्वकप, आईसीसीलाई कसरी पुग्छ फाइदा ?
Facebook Comment
Comment