काठमाडौं । टी–२० विश्वकप जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ । जान्नुहोस्, यस पटकको विश्वकपमा देखिने ६ विशेष कुराहरू-
दुई फरक बोर्डले आयोजना गर्दै
यस पटकको विश्वकप प्रतियोगिता वेस्ट इन्डिज र यूएसए क्रिकेट एसोसिएसनले आयोजना गर्ने अधिकार पाएका छन् । पहिलो पटक दुई बोर्डले टी–२० विश्वकप आयोजना लागेका हुन् । यसअघि एउटै बोर्डले मात्र ८ पटक प्रतियोगिता आयोजना गरेको थियो ।
होस्टिङ अमेरिका
अमेरिकाले पहिलो पटक कुनै पनि आईसीसी कार्यक्रमको आयोजना गर्दैछ । अमेरिकाले सन् २०२८ मा हुने ओलम्पिकको आयोजना पनि गर्नेछ, जसमा क्रिकेटलाई पनि समावेश गरिएको छ।
अमेरिका टी-२० विश्वकप आयोजना गर्ने दोस्रो एसोसिएट सदस्य राष्ट्र बन्नेछ । एसोसिएट भन्नाले आईसीसीले टेस्ट क्रिकेट खेल्ने हैसियत नदिएकोलाई बुझिन्छ ।
अमेरिका भन्दा पहिले सन् २०२१ को टी-२० विश्वकप एसोसिएट देश युएईमा खेलिएको थियो । तर, प्रतियोगिताको आयोजना गर्ने अधिकार बीसीसीआईसँग भएकाले भारतले आयोजना गरेको थियो ।
के एसोसिएट बोर्डले पहिलो पटक आईसीसी प्रतियोगिता आयोजना गर्नेछ ? होइन, यसअघि एसोसिएट सदस्यहरूले च्याम्पियन्स ट्रफी र एकदिवसीय विश्वकप आयोजना गरिसकेका छन् ।
सन् १९९८ मा च्याम्पियन्स ट्रफी एसोसिएट राष्ट्र बंगलादेशले आयोजना गरेको थियो, जुन बेला बंगलादेशले टेष्ट राष्ट्रको मान्यता पाएको थिएन । यस्तै, सन् १९९९ मा एकदिवसीय विश्वकप स्कटल्याण्ड, आयरल्याण्ड, वेल्स र नेदरल्यान्ड्सले इंग्ल्याण्डसँगै आयोजना गरेको थियो।
पहिलो पटक २० टोलीले सहभागिता जनाउँदै
यस पटकको टी-२० विश्वकपमा २० टोलीले भाग लिनेछन्। यस पटक २० टोलीलाई ५ टोलीको ४ फरक समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शीर्ष २–२ टोलीले सुपर–८ चरणका २ समूहमा खेल्नेछन् ।
यहाँ दुवै समूहका शीर्ष २ टोलीबीच सेमिफाइनल खेल हुनेछ भने विजेता टोलीबीच जुन २९ मा बार्बाडोसमा फाइनल खेल हुनेछ ।
तीन टोलीले सन् २०२२ को विश्वकपको शीर्ष-८ स्थानमा परेर २० मध्ये ८ टोलीले विश्वकपमा डेब्यु गर्नेछन् । वरीयताका आधारमा २ टोली राखिएको छ ।
अमेरिका र वेस्ट इन्डिजले आयोजक राष्ट्रको रूपमा सहभागी भएका छन् । बाँकी ८ टोलीले क्षेत्रीय छनोट जितेर प्रतियोगितामा स्थान बनाएका छन् ।
क्यानडा र युगान्डाले टी–२० विश्वकपमा डेब्यु गर्ने भएका छन् । अमेरिकाले पनि पहिलो पटक टी–२० विश्वकप खेल्दैछ ।
विदेशमा बनाइएका पिचको प्रयोग
न्यूयोर्कको नासाउ काउन्टी स्टेडियममा ड्रप-इन पिच प्रयोग भइरहेको छ । ड्रप-इन पिचहरू मैदान बाहिर बनाइन्छ र त्यसपछि स्टेडियममा सेट गरिन्छ।
नासाउ स्टेडियमको पिच अस्ट्रेलियामा बनाइएको थियो। यस वर्षको जनवरीमा अमेरिकाको फ्लोरिडामा १० वटा पिच समुन्द्री मार्गबाट ल्याइएका थिए, जहाँ ५ महिनाको तयारीपछि मे महिनामा नै नासाउ रंगशालामा फिट गरिएको थियो ।
१० मध्ये ६ पिच अभ्यासका लागि छन् भने ८ खेल ४ पिचमा हुनेछन् । पहिलो पटक विश्वकपमा अर्को देशमा बनेको पिच प्रयोग हुन लागेको हो ।
नेपाललाई महंगो परेको बंगलादेशसँगको पराजय
मोड्युलर स्टेडियम
न्यूयोर्कमा डिसेम्बर २०२३ सम्म अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम थिएन । यहाँ ६ महिनामा मोड्युलर रंगशाला निर्माण भएको छ ।
यसको पिच अष्ट्रेलियाबाट ल्याइएको थियो भने स्ट्यान्ड फर्मुला–१ प्रतियोगिताबाट ल्याइएको थियो। यो रंगशालामा ३४ हजार दर्शक बस्न सक्नेछन् ।
यस विश्वकपमा पहिलो पटक मोड्युलर स्टेडियम प्रयोग गरिने भएको छ । यहाँ भारत–पाकिस्तान खेलसहित समूह चरणका ८ खेल हुनेछन् । विशेष कुरा यो हो कि प्रतियोगिता पछि यसलाई पार्कमा परिणत गरिनेछ।
स्टप क्लक नियम
आईसीसी टूर्नामेंटमा पहिलो पटक स्टप क्लक नियम प्रयोग गरिदैँछ । बलिङ टोलीले २ ओभरको बीचमा ६० सेकेण्ड मात्र समय पाउनेछन् ।
ओभर सकिएपछि तेस्रो अम्पायरले मैदानमा जडान गरिएको टिभी स्क्रिनमा टाइमर सुरू गर्नेछन् । ६० सेकेन्डपछि अर्को ओभर सुरू भएमा फिल्ड अम्पायरले फिल्डिङ टिमका कप्तानलाई दुई पटक चेतावनी दिनेछन् ।
टी-२० विश्वकपमा नेपालले अफगानिस्तानलाई हराउँदा
एक इनिङ्समा तीन पटक अर्को ओभर बल गर्न ६० सेकेन्डभन्दा बढी समय लागेमा ५ रनको पेनाल्टी लाग्नेछ । यी ५ रन ब्याटिङ टिमको स्कोरमा थपिनेछन् ।
बलिङ टोलीलाई इनिङ्समा प्रत्येक तेस्रो गल्तीको लागि दण्डित गरिनेछ । समय व्यवस्थापन गर्न यस नियमको ट्रायल गत वर्षको डिसेम्बरमा सुरु गरिएको थियो । जसलाई अहिले स्थायी बनाइएको छ ।
Facebook Comment
Comment