अमेरिकामा किन हुँदैछ टी-२० विश्वकप, आईसीसीलाई कसरी पुग्छ फाइदा ?

आईसीसीले अमेरिकाको एमएलसीलाई लिस्ट ‘ए’ को मान्यता दिएको छ । आईसीसीको नियम अनुसार कुनै पनि एसोसिएट बोर्डमा हुने टी–२० लिगले लिस्ट ‘ए’का दर्जा पाउँदैन । अमेरिकामा क्रिकेट सफल भए आईसीसीको आम्दानी पनि बीसीसीआईसँग प्रतिस्पर्धा गर्ने स्थितिमा पुग्न सक्छ ।

नेपालभ्युज

अमेरिकामा किन हुँदैछ टी-२० विश्वकप, आईसीसीलाई कसरी पुग्छ फाइदा ?

काठमाडौं । सन् १७५२ को कथा हो । ‘न्यूयोर्क वीकली पोस्ट ब्वाई’मा प्रकाशित रिपोर्टका अनुसार लण्डन र न्यूयोर्कबीच क्रिकेट म्याच खेलिएको थियो ।

खेल न्युयोर्कले जित्यो । यो कथा ती मानिसहरूको लागि हो, जो अझै पनि अमेरिकामा टी-२० विश्वकप किन खेलाइन्छ भनेर सोधिरहेका छन् ।

अमेरिका र वेस्ट इन्डिजको आयोजनामा ​​जुन २ बाट नवौं संस्करणको टी–२० विश्वकप सुरु हुँदैछ । वेस्ट इन्डिजमा क्रिकेटको जरा गहिरो छ, त्यसैले यसमा कुनै प्रश्न छैन ।

तर, अहिलेसम्म आईसीसीका खेलमा अमेरिकाको हस्तक्षेप नगण्य छ भने आईसीसीले किन यस प्रतियोगिताको १६ खेल अमेरिकामा आयोजना गरिरहेको छ । हामी यस प्रश्नको जवाफ ५ कारकहरूबाट बुझ्नेछौं …

पहिले अमेरिकामा क्रिकेटको बारेमा पृष्ठभूमि

अमेरिकामा क्रिकेट खेलेको प्रारम्भिक प्रमाण सन् १७०९ मा विलियम बर्ड नामक किसानले लेखेको डायरीबाट प्राप्त हुन्छ । उनको डायरीमा लेखिएको छ, ‘हामी बिहान ६ बजे उठ्यौं र क्रिकेट खेल्यौं, हामीले जित्यौं ।’

सन् १७५४ मा अमेरिकाको संस्थापक मानिने बेन्जामिन फ्र्याङ्कलिनले क्रिकेटको नियमपुस्तिका इङ्ल्यान्डबाट अमेरिकामा ल्याएको प्रमाण पनि छ ।

टी-२० विश्वकप : नेपाली टोली र खेल्ने स्टेडियमसहित अन्य सम्पूर्ण जानकारी

त्यतिबेला अमेरिकी सैनिकहरूले यसलाई क्रिकेटको सट्टा ‘विकेट’ भन्ने गर्थे । यो खेल अमेरिकामा करिब २०० वर्षसम्म फस्ट्यो । अमेरिकाका २२ राज्यमा क्रिकेट खेलिन्थो ।

सन् १८४४ मा पहिलो अन्तर्राष्ट्रिय खेल क्यानडा र न्यूयोर्कको टोली बीच खेलिएको थियो ।

सन् १८४९ मा अमेरिकाको शिकागोमा भएको क्रिकेट खेलमा राष्ट्रपति अब्राहम लिंकन सहभागी भएको उल्लेख छ । इङ्ल्यान्ड, अमेरिका र क्यानडाबीचको क्रिकेट प्रतिद्वन्द्वीका कथा पनि छन् ।

तर, सन् १९१९ मा प्रथम विश्वयुद्धपछि अमेरिकामा क्रिकेटभन्दा बेसबल बढी लोकप्रिय भयो ।

क्रिकेटलाई दिनभर खेलाइने ढिलो खेल मानिन्थ्यो । बेसबल खेलाडी बेबे रूथको प्रसिद्धिलाई अमेरिकामा क्रिकेटको मृत्युको कारण मानिन्छ । उनलाई अमेरिकी क्रिकेटको हत्यारा पनि मानिन्छ ।

५ कारक जानौं, अमेरिकामा क्रिकेटको पुनरागमन किन कसरी भयो ?

अमेरिकामा क्रिकेट टोलीहरूको फ्यानबेस

अमेरिका विश्वभरका प्राय: सबै देशका मानिसहरू बसोबास गर्ने थोरै देशहरूमध्ये एक हो । देशको जनसङ्ख्या ३३ करोडभन्दा बढी छ, जसमध्ये करिब ४ करोड ५० लाख अन्य देशबाट आएका आप्रवासी छन् ।

जसमध्ये ५० लाख दक्षिण एसियाली छन् र करिब १ करोड ५० लाख मानिस क्रिकेट दर्शक बढी हुने देशका छन्, जसमा अस्ट्रेलिया, अफ्रिका, युरोप र वेस्ट इन्डिज छन् । यसको मतलब अमेरिकामा हुने १६ खेलमा शीर्ष टोलीका लागि समर्थनको कुनै कमी हुने छैन ।

नेपाललाई महंगो परेको बंगलादेशसँगको पराजय

भारत र पाकिस्तानबीचको खेल ९ जुनमा न्यूयोर्कमा हुनेछ । यसको टिकट ८० हजारदेखि १६ लाख भारूसम्म बिक्री भएको थियो ।

३४ हजार दर्शक क्षमता भएको स्टेडियममा सबै टिकट बिक्री भइसकेको छ । टीम इण्डियाले न्यूयोर्कमा तीन र फ्लोरिडामा एक खेल खेल्नेछ, जसका सबै टिकटहरू पनि लगभग बिकिसकेका छन् ।

विशेष कुरा के हो भने अमेरिकामा दक्षिण एसियाली जनसंख्या बढेसँगै क्रिकेटको चलन पनि बढेको छ ।

सन् २००० मा अमेरिकामा २२ लाख दक्षिण एसियाली नागरिक हुँदा २ हजार मात्रै दर्ता भएका क्रिकेटर थिए । सन् २०२० मा दक्षिण एसियाली जनसंख्या बढेर ५५ लाख पुगेको छ, जसका कारण दर्ता भएका क्रिकेटरको संख्या पनि २ लाख ५० हजार पुगेको छ ।

दक्षिण एसियामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता देशहरू पर्छन् ।

अमेरिकी खेलकुद बजार
क्रिकेट अमेरिकामा धेरै प्रसिद्ध छैन । रग्बी, बास्केटबल, आइस हक्की, बेसबल र फुटबलजस्ता खेलहरू त्यहाँ धेरै खेलिन्छ । अमेरिकी फुटबल लिगको टोली डलास काउब्वाइज सबैभन्दा धेरै कमाउने खेल टोलीहरूमध्ये पहिलो स्थानमा छ ।

सबैभन्दा धेरै कमाउने शीर्ष १० टोलीमा ७ अमेरिकी र ३ अंग्रेजी फुटबल टोली छन् । यी १० टोलीहरू बास्केटबल, फुटबल र अमेरिकी फुटबलको भाग हुन् ।

नेट वर्थमा शीर्ष १० खेलकुद टोलीहरू अमेरिकाका मात्र हुन् । यसमा डलास काउब्वाइज शीर्ष स्थानमा छ, टोलीको वार्षिक कुल सम्पत्ति करिब ३५०० करोड भारू छ ।

यसको तुलनामा आईपीएलको शीर्ष टोली मुम्बई इन्डियन्सको नेटवर्थ मात्र ७२२ करोड रूपैयाँ छ । यसको मतलब डलासको कमाई मुम्बई इन्डियस भन्दा लगभग ५ गुणा बढी छ । चार अमेरिकी लिगहरू पनि ब्रान्ड मूल्यमा शीर्ष-६ फ्रेन्चाइज लिगहरूमा समावेश छन् ।

अमेरिकी अर्थतन्त्र
अमेरिका जीडीपीको हिसाबले विश्वको सबैभन्दा धनी देश हो । यदि यहाँ क्रिकेट गतिविधि बढ्यो भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले ठूला अमेरिकी कम्पनीहरूलाई प्रायोजनका लागि लक्षित गर्नेछ । यसले अन्तर्राष्ट्रिय क्रिकेटमा पैसाको प्रवाह तीव्र रूपमा बढ्नेछ ।

अहिले क्रिकेटमा सबैभन्दा धेरै पैसा भारतीय बोर्डसँग छ । अमेरिकामा क्रिकेट सफल भएमा आईसीसीको आम्दानी पनि बीसीसीआईसँग प्रतिस्पर्धा गर्ने स्थितिमा पुग्न सक्छ ।

अमेरिकामा क्रिकेटको प्रवर्द्धन गर्न आईसीसीले टी–२० विश्वकप सुरु हुनुअघि नै यहाँको फ्रेन्चाइज प्रतियोगिता मेजर लिग क्रिकेटलाई लिस्ट–ए दर्जा दिएको छ । यसको मतलब अब खेलाडी र टोलीको टी-२० रेकर्डमा एमएलसीको अंक गनिनेछ ।

टी-२० विश्वकपमा नेपालले अफगानिस्तानलाई हराउँदा

आईसीसीको नियम अनुसार कुनै पनि एसोसिएट बोर्डमा हुने टी–२० लिगले लिस्ट ‘ए’का दर्जा पाउँदैन । अफगानिस्तान प्रिमियर लिग, एसोसिएट बोर्ड अफगानिस्तानको फ्रेन्चाइज टूर्नामेंटको तथ्याङ्क टी-२० रेकर्डहरूमा गणना गरिदैँन ।

अमेरिका पनि आईसीसीको एसोसिएट बोर्ड हो तर, यहाँ क्रिकेटको प्रवर्द्धनका लागि एमएलसीलाई लिस्ट ‘ए’ को मान्यता दिइएको हो ।

ओलम्पिकमा क्रिकेटको समावेश
सन् २०२८ को ओलम्पिक अमेरिकामा हुँदैछ, त्यसमा क्रिकेट समावेश गरिएको छ । टी–२० विश्वकपमा १६ खेलको आयोजना गरेपछि अमेरिकाले ओलम्पिकमा पनि क्रिकेट खेल राम्ररी आयोजना गर्ने हो भन्ने स्पष्ट हुनेछ ।

ओलम्पिकमा २०६ देशको सहभागिता रहेको छ भने अहिलेसम्म क्रिकेट १०३ देशमा मात्र पुगेको छ । क्रिकेट अमेरिका र ओलम्पिकमा सामेल भएसँगै खेल विश्वव्यापी रूपमा बढ्नेछ ।

अमेरिका र ओलम्पिकको सहयोगमा धेरै देशले क्रिकेट खेल्न थाले भने खेल फुटबलको स्तरमा पुग्न सक्छ । हाल, व्यावसायिक फुटबल २०० भन्दा बढी देशहरूमा खेलिन्छ । जबकि क्रिकेट खेल्ने देश यो संख्याको आधा मात्रै छन् ।

अमेरिकामा क्रिकेटको विकास
अमेरिकाले सन् १८४४ मा आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो तर, आईसीसीले सन् २००४ मा अमेरिकी टोलीलाई अन्तर्राष्ट्रिय क्रिकेटमा मान्यता दिएको थियो ।

किनभने अमेरिकाले १५९ वर्षमा कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट खेलेको छैन । देशले सन् २०१९ मा पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय पनि खेलेको थियो ।

अमेरिकी टोलीले सेतो बलको ढाँचामा एक सय अन्तर्राष्ट्रिय खेल पनि खेल्न सकेको छैन । तर, पछिल्ला केही वर्षयता देशले क्रिकेटमा आफ्नो छाप छोड्न थालेको छ ।

फ्रेन्चाइज प्रतियोगिता मेजर लिग क्रिकेट यहाँ सन् २०२३ मा सुरु भएको थियो । निकोलस पूरन, क्विन्टन डी कक, हेनरिक क्लासेन, आन्द्रे रसेल, डेभोन कोनवे, म्याथ्यू वेड जस्ता शीर्ष क्रिकेटरहरू सहभागी थिए ।

टी–२० विश्वकप : प्रतियोगितासँग सम्बन्धित ६ नयाँ कुरा

अमेरिकाले पाकिस्तानका शायन जहाँगीर, अली खान, भारतका मिलिन्द कुमार, मोनांक पटेल र न्यूजिल्याण्डका कोरी एन्डरसन जस्ता खेलाडीलाई पनि आफ्नो राष्ट्रिय टोलीमा समावेश गरेको छ । जसको सहयोगमा टोलीले तेस्रो टी–२० सिरिजमा बंगलादेशलाई २–१ ले हराएको थियो ।

अब विश्वकपमा अमेरिकी टोलीले समूह चरणका खेल भारत, पाकिस्तान र आयरल्याण्डसँग खेल्नेछ ।

यहाँ टोलीले १–२ खेल पनि जित्यो भने अमेरिकाका युवालाई क्रिकेट खेल्न प्रेरणा मिल्नेछ । यससँगै अमेरिकामा क्रिकेटको विकासको सम्भावना पनि धेरै हदसम्म बढ्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved