काठमाडौं । सन् २०२४ को टी-२० विश्वकप सुरु हुन केही दिन मात्रै बाँकी छ । तर, विभिन्न पूर्वक्रिकेटरहरूले यस पटकको उपाधि कसले जित्छ ? कुन-कुन टीम सेमिफाइनलमा पुग्नेछन् ? लगायतका भविष्यवाणी गरिरहेका छन् ।
यसैक्रममा भारतका दिग्गज खेलाडी सुनिल गावस्करले पनि यस पटक विश्वकपको सेमिफाइनलमा पुग्ने टोलीको भविष्यवाणी गरेका छन् ।
उनले सेमिफाइनलमा पुग्न भारतका लागि कठिन रहेको बताएका छन् । गावस्करका अनुसार भारतको असली परिक्षा सुपर-८ मा पुगेपछि हुनेछ । सन् २०२२ को विश्वकपमा भारत इंग्ल्याण्डसँग सेमिफाइनलबाट बाहिरिएको थियो।
उनले यस पटकको विश्वकपमा पूर्वउपविजेता पाकिस्तान सेमिफाइनलमा नपुग्ने भविष्यवाणी गरेका छन् ।
गावस्करले भारतीय टोलीसहित अष्ट्रेलिया, इङ्ल्यान्ड र सह-आयोजक वेस्ट इन्डिज सेमिफाइनलमा पुग्नसक्ने बताए ।
यदि यो साँच्चै भयो भने सेमिफाइनल र फाइनल खेल अद्भुत उत्साहको हुने उनले बताए । गावस्कर भारतले सन् १९८३ को विश्वकप जित्दाका एक खेलाडी हुन् ।
टी-२० विश्वकपमा नेपालले अफगानिस्तानलाई हराउँदा
टी-२० विश्वकप : नेपाली टोली र खेल्ने स्टेडियमसहित अन्य सम्पूर्ण जानकारी
टी–२० विश्वकप : प्रतियोगितासँग सम्बन्धित ६ नयाँ कुरा
अमेरिकामा किन हुँदैछ टी-२० विश्वकप, आईसीसीलाई कसरी पुग्छ फाइदा ?
Facebook Comment
Comment