अभिनेतामात्र नभएर निर्देशक पनि हुन् बलिउडका यी कलाकार

नेपालभ्युज

अभिनेतामात्र नभएर निर्देशक पनि हुन् बलिउडका यी कलाकार

काठमाडौं । बलिउडमा कतिपय त्यस्ता कलाकार छन् जो सबै क्षेत्रमा माहिर छन् । अभिनयसँगै उनीहरु फिल्म निर्देशनमा पनि अगाडि नै छन् ।

फरहान अख्तर अभिनयसँगै निर्देशक पनि हुन् । उनले फिल्म ‘दिल चाहता है’ र ‘डन’ जस्ता सुपरहिट फिल्म निर्देशन गरिसकेका छन् ।

अजय देवगनले पनि ‘यू मी और हम’ जस्तो फिल्ममा निर्देशनको अभ्यास गरिसकेका छन् । आमिर खान त मिस्टर परफेक्शनिस्टको नामले नै चिनिन्छन् । उनले ‘तारे जमीन पर’, ‘धोबी घाट’, ‘लापता लेडिज’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

त्यस्तै अभिनेत्री कंगना रनौतले ‘मणिकर्णिका : द क्वीन अफ झाँसी’ मा अभिनयसँगै निर्देशन पनि स्वयम्ले गरेकी थिइन् । त्यस्तै सोहेल खानले ‘हेलो ब्रदर्स’ जस्तो फिल्म निर्देशन गरेका थिए । जसमा उनकै दाजुहरु सलमान खान र अरबाज खानले अभिनय गरेका थिए ।

‘गदर’ फिल्मका चर्चित अभिनेता सनी देओलले पनि फिल्म ‘दिल्लगी’ बाट निर्देशनमा पनि आफ्नो अनुभव लिइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved