नेविसंघको नारा- ‘जीबी राई कहाँ छ, रविलाई थाहा छ’ (तस्वीरहरु)

नेविसंघको नारा- ‘जीबी राई कहाँ छ, रविलाई थाहा छ’ (तस्वीरहरु)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सहकारी ठगी प्रकरण र गिरीबन्धु टी-स्टेटमा भएको नीतिगत भ्रष्टाचार विरुद्ध आज प्रदर्शन गरेको छ।

नेविसंघ केन्द्रीय कमिटीको आयोजनामा विभिन्न क्याम्पस र इकाइहरुबाट मोटरसाइकल र्‍याली सहित माइतीघरमा भेला भइ उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनीमा निस्किएका बिद्यार्थीहरुले एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधा तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध चर्का नारा लगाएका थिए।

प्रदर्शनकारीले ‘जीबी राई कहाँ छ ? रविलाई थाहा छ’, ‘ए बी सी डी ई, सहकारीको पैसा खै त रवि जी ?’, ‘गृहमन्त्रीज्यू, प्रमाणित भए राजनीति छोड्ने रे ! अनि प्रमाणित हुन छानबिन गर्नु परेन ?’ जस्ता नारायुक्त पम्प्लेट प्रदर्शन गरेका थिए ।

तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved