कांग्रेसले बीस मिनेटको समय मागेपछि कार्यदलको बैठक बिनानिष्कर्ष, फेरि बस्ने

नेपालभ्युज

कांग्रेसले बीस मिनेटको समय मागेपछि कार्यदलको बैठक बिनानिष्कर्ष, फेरि बस्ने

काठमाडौं । कार्यदलको बैठक बिनानिष्कर्ष सकिएको छ ।

आइतबार बिहादेखि सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठक निष्कर्ष ननिकाली नै सकिएको हो ।

कार्यदलका सदस्य महेशकुमार बर्तौलाले भने, “सहमतिको नजिक पुग्यौँ । बैठक टुङ्गिएको छैन । केही समयमा फेरि बैठक बस्नेछौँ । कांग्रेसले २० मिनेटको लागि समय माग्यो । सहमतिको टाढा पनि छैनौँ, एकाध विषयमा कांग्रेसका आफ्ना भनाइहरू छन् । सहकारी ठगीको विषय टुङ्गियोस् भनेर सबैले भनेका छौँ । बुँदागत रूपमा टुङ्ग्याउनका लागि समय लाग्छ । सम्भवत: एकाध घण्टापछि बस्ने बैठकले टुङ्ग्याउँछ ।”

अहिले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट कार्यदल सदस्य रहेका जीवन परियारलाई पार्टीले बोलाएको छ । कांग्रेसले संसदीय दलको कार्यालयमा छलफल गरिरहेको छ ।

कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम संसदीय समितिको टीओआरमै उल्लेख हुनुपर्ने अडान राखेको छ । कार्यदलको बैठकमा पनि कांग्रेसले त्यही अडान राखेको छ ।

नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरू भने लामिछानेको नाम टीओआरमा नै उल्लेख हुनुपर्नेमा सहमत भएका छैनन् ।

कार्यदल बैठकमा कांग्रेसको अडान- टीओआरमै रवि लामिछानेको नाम उल्लेख हुनुपर्छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved