एकल प्रदर्शन गरिरहेका चपागाईंलाई शिक्षामन्त्री सुमनाले भेटिन्

नेपालभ्युज

एकल प्रदर्शन गरिरहेका चपागाईंलाई शिक्षामन्त्री सुमनाले भेटिन्

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षा सुधारको माग सहित एकल प्रदर्शन गरिरहेका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंलाई भेटेकी छन् ।

‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने नाराका साथ चापागाईंले माइतीघर क्षेत्रमा एकल प्रदर्शन गर्दै आइरहेका छन् ।

उनलाई भेटेपछि मन्त्री श्रेष्ठले यी मागप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै पुरा गर्न पहल गर्ने बताइन ।

चापागाईंले प्रारम्भिक बाल विकास ईसीडीलाई तीन तहको बनाउनुपर्ने, तालिमप्राप्त दक्ष शिक्षक राख्नुपर्ने, दिवा खाजाको रकम बढाउनुपर्ने लगायतका पाँच बुँदे माग गरेका थिए ।

प्रदर्शनको आज पाँचौं भटन पुगेकी शिक्षामन्त्री श्रेष्ठले यीमध्ये कतिपय माग सम्बोधन हुने गरी नीति तथा कार्यक्रममा समेटेको र बाँकी माग पुरा गर्न पहल गर्ने बताएकी थिइन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved