कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको ज्यान गयो

नेपालभ्युज

कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको ज्यान गयो
प्रतिकात्मक तस्वीर

धनगढी । कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।

आइतबार दिउँसो साढे १ बजे कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालबालिकाको मृत्यु भएको हो ।

नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए ।

दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved