बैतडीमा भारतको सहयोगमा विद्यालय भवन बन्दै

नेपालभ्युज

बैतडीमा भारतको सहयोगमा विद्यालय भवन बन्दै

काठमाडौं । भारतले सुदूर पश्चिम प्रदेशको बैतडी जिल्लामा सामुदायिक माध्यमिक विद्यालय भवनको शिलान्यास  गरेको छ ।

शुक्रबार एक कार्यक्रम गर्दै पाटन नगरपालिकाका मेयर गौरी सिंह रावल र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले उक्त परियोजनाको शिलान्यास गरेका हुन् ।

जसमा ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु.३.१०५ करोड लागत लागेको छ । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूले उपस्थिति जनाएका थिए ।

 भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइने बताइएको छ ।

कार्यक्रममा बोल्दै पाटन नगरपालिकाका मेयरले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved