पौडी खेल्न गएका दुई किशोरीको डुबेर मृत्यु

नेपालभ्युज

पौडी खेल्न गएका दुई किशोरीको डुबेर मृत्यु

काठमाडौं । डडेल्धुरामा पौडी खेल्न गएका दुई किशोरीको डुबेर मृत्यु भएको छ । आइतबार दिउँसो गन्यापधुरा गाउँपालिका–२ कुँवर गाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको मृत्यु भएको हो ।

उनीहरु पौडी खेल्न खोलामा गएका थिए । मृतक दुवै जनाको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल डडेलधुरामा राखिएको प्रहरीले जनाएको छ । गर्मी बढेसँगै खोलामा पौडी खेल्न जानेहरु पौडिन नसक्दा अकालमा ज्यान जाने गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved