गर्मीले बेहोस् भएर ढलिन् लाइभ कार्यक्रममै टेलिभिजन प्रस्तोता !

नेपालभ्युज

गर्मीले बेहोस् भएर ढलिन् लाइभ कार्यक्रममै टेलिभिजन प्रस्तोता !

काठमाडौं । टेलिभिजन प्रस्तोता तातो हावाबारे जानकारी दिँदादिँदै गर्मीले बेहोस् भएर ढलेकी छन् ।

समाचार वाचनको क्रममा मौसमसम्बन्धी तातो हावाबारे जानकारी दिइरहेकी भारतकको दूरदर्शन टेलिभिजनकी समाचार प्रस्तोता लुपामुद्रा सिन्हा चर्को गर्मीले लाइभ कार्यक्रममै बेहोस भएकी हुन् ।

सिन्हा भारतीय टेलिभिजन दूरदर्शनको वेस्ट बङ्गाल शाखामा कार्यरत समाचार वाचिका हुन् ।

वेस्ट बङ्गाल क्षेत्रमा उग्र रूपले बढेको तातो हावाबारे अपडेट दिइरहेकी उनी आफै त्यसको सिकार बनेकी हुन् ।

होसमा आएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेकी छन्, ‘प्रत्यक्ष समाचार वाचनको क्रममा गर्मीले मेरो रक्तचाप ह्वात्तै घटेछ र बेहोस भएछु ।

त्यसअघि समाचार वाचन गर्दा असहज भइरहेको थियो । थोरै पानी पिउँदा ठिक होला भन्ने लाग्यो तर त्यसले पनि काम गरेन । मेरो जिम्मामा आएका स्टोरीमध्ये त्यसबेला मैले ठ्याक्कै तातो हावाबारे वाचन गर्दै थिए । तातो हावाको स्टोरी वाचन गर्दागर्दै हातखुट्टा लल्याकलुलुक भए । तैपनि पढेर सिद्ध्याउँछु सोचेको थिए तर सकिन । एक्कासि अन्धकार छायो र म बेहोस भए ।’

वेस्ट बंगालको वेस्ट बर्डवान जिल्लाको तापक्रम ४३ डिग्री माथि पुगेको छ । मौसम विभागले सोमबारसम्म दक्षिण बङ्गाल क्षेत्रमा तातो हावा चल्ने अनुमान गरेको छ ।  सरकारले स्थानीय क्षेत्रमा ग्रीष्मकालिन विदासमेत दिइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved