गर्मीमा काँचो केरा खाँदा हुन्छ फाइदै-फाइदा

नेपालभ्युज

गर्मीमा काँचो केरा खाँदा हुन्छ फाइदै-फाइदा

एजेन्सी । शरीर फिट राख्न सबैले विभिन्न खानपान अपनाउँछन् । गर्मी मौसममा जुन कुनै खानेकुरा खाँदा शरीरलाई फाइदा नगर्न पनि सक्छ ।

तर, काँचो केरा गर्मी मौसममा खानु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । जानौँ, काँचो केरा खाँदा हुने फाइदाबारे ।

काँचो केरामा फाइबर, मिनरल्स, भिटामिन सी, ई, बी, के र एन्टीअक्सीडेन्ट गुण  भरपूर मात्रामा पाइन्छ । यी सबै पोषक तत्व स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छन् ।

तपाईंले तौल कम गर्न चाहिरहनु भएको छ भने पनि काँचो केरा सेवन गर्न सक्नुहुन्छ । यसमा हुने फाइबरले पेटलाई लामो समय भरेर राख्छ, जसले गर्दा तपाईं अत्यधिक खानबाट पनि बच्नुहुन्छ ।

कतिपयलाई गर्मी मौसममा प्रायः पखाला लाग्ने समस्या हुन्छ । यस्तोमा काँचो केरा खानु फाइदाजनक सावित हुन्छ । यसले बान्ता आउँदा पनि राहत दिन्छ ।

काँचो केरामा पाइने तत्त्वहरूले दिनभरको थकानलाई कम गर्न सहयोग गर्छ । साथमा यसको सेवनले टाउको दुख्ने समस्याबाट पनि राहत पाउन सकिन्छ ।

गर्मीमा धेरैको पाचन प्रणाली खराब हुन्छ । यस्तोमा काँचो केराको सेवनले पेटलाई पनि ठिक पार्न सक्नुहुन्छ । यसले पाचन प्रक्रियालाई राम्रो बनाउँछ ।

तपाईंलाई मधुमेहको समस्या छ भने पनि काँचो केरा खानु फाइदाजनक हुन्छ । यसले रगतमा सुगरको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ ।

गर्मीमा विशेषगरी पेटका समस्या कब्जियत, एसिडिटी तथा अपचको समस्या धेरै हुन्छ । यसबाट बच्न तपाईंले आफ्नो नियमित खानपानमा काँचो केरालाई पनि समावेश गराउनुहोस् ।

काँचो केरालाई थोरै सलाद, अचार, तरकारी आदि बनाएर खान सकिन्छ । यसको चिप्स बनाएर पनि बच्चालाई खुवाउन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved