पाँच समस्या जसले थाहा हुन्छ महिलाको शरीरमा क्याल्सियमको कमी छ

नेपालभ्युज

पाँच समस्या जसले थाहा हुन्छ महिलाको शरीरमा क्याल्सियमको कमी छ

एजेन्सी । विशेषगरी पुरुषको तुलनामा महिलालाई विभिन्न स्वास्थ्य समस्या झेल्नु परिरहेको हुन्छ । जसमा क्याल्सियमको कमी पनि एउटा हो ।

बदलिँदो जीवनशैली र खानपानको कारण धेरै महिलामा क्याल्सियमको कमी भएको पाइन्छ । जसले गर्दा शरीरमा अन्य समस्या पनि उत्पन्न हुन थाल्छन् ।

त्यसैले शरीरमा क्याल्सियमको कमी भएको बेलैमा पत्ता लगाएर त्यसको उपचार गर्नु नै बुद्धिमानी हुन्छ ।

आज हामी महिलामा क्याल्सियमको कमी हुँदा देखिने शारीरिक लक्षण बारे बताउनेछौं । जसलाई ध्यान दिएर तपाईं क्याल्सियमको कमी छ कि छैन जाँच गराउन सक्नुहुन्छ ।

नङमा सेतो रंगका दाग देखिनु र नङ कमजोर हुनु क्याल्सियमको कमीको मुख्य कारण हो । जसले गर्दा नङ एकदमै छिटो टुक्रिने तथा भाँचिने पनि गर्छन् ।

क्याल्सियमको कमीले महिनावारीको क्रममा प्रायः धेरै दुखाई हुने समस्या हुन्छ ।

क्याल्सियमको कमी भयो भने शरीरमा एकदमै कमजोरी महसुस हुन्छ । कुनै पनि काम गरेपछि छिटो थकाई लाग्ने पनि क्याल्सियमको कमीको एउटा लक्षण हो ।

क्याल्सियमको कमी भएको संकेत दाँतमा पनि देखिन थाल्छ । जसले गर्दा दाँत एकदमै कमजोर हुने र छिटो भाँचिने टुक्रिने पनि हुन सक्छ । साथमा दाँतमा झनझनाहट महसुस पनि हुन्छ ।

हड्डी कमजोर हुनु पनि क्याल्सियमको कमीको मुख्य कारण हो । उमेर बढ्दै जाँदा हड्डी दुख्ने समस्या पनि बढ्न थाल्छ । साथमा यसको अर्थ शरीरमा क्याल्सियमको कमी पनि हो भन्ने बुझिन्छ ।

तपाईंलाई पनि यीमध्ये कुनै समस्या देखिएको छ भने डाक्टरको सल्लाह अवश्य लिनुहोस् । लामो समय शरीरमा क्याल्सियमको कमी हुँदा यसले अन्य समस्या पनि उत्पन्न गराउन थाल्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved