पौडी खेल्नु अघि र पछि ध्यान दिनुपर्ने कुरा

नेपालभ्युज

पौडी खेल्नु अघि र पछि ध्यान दिनुपर्ने कुरा

काठमाडौं । गर्मी मौसममा पौडी खेल्नु धेरैलाई मन पर्छ । चिसो पानीमा डुब्नुले गर्मीबाट राहत मिल्छ, साथै पौडीलाई फिटनेसका लागि पनि धेरै फाइदाजनक मानिन्छ ।

यद्यपि, यी सबै फाइदाबाहेक पौडी खेल्नुका केही नोक्सानहरू पनि छन् । स्विमिङ पुलमा रहेको पानीले तपाईंको छाला र कपाललाई नोक्सान पुर्‍याउन सक्छ ।

पानीमा रहेको क्लोरिन र घाममा पौडी खेल्दा छाला र कपाल सुख्खा र बिग्रिन सक्छन्, साथै छाला कालो हुने समस्या पनि बढ्न सक्छ । यस्तो अवस्थामा आउनुहोस् यी समस्याहरूबाट कसरी बच्ने भनेर जानौँ ।

प्री–शावर

पुलमा जानु अघि नुहाउनु धेरै मानिसहरूलाई अनौठो लाग्न सक्छ, तर यसलाई छाला र कपाललाई बचाउनका लागि सबैभन्दा आवश्यक चरण मानिन्छ । यसरी नुहाउँदा तपाईंको छाला पहिले नै हाइड्रेट रहन्छ । यसरी छालाले पुलमा रहेको क्लोरिनलाई कम अवशोषण गर्छ । यसले छालालाई सुख्खा हुनबाट बचाउँछ ।

छालाको सुरक्षा

पौडी खेल्नु अघि छालालाई मोइस्चराइज गर्नु धेरै आवश्यक छ । यसले पनि छालालाई हाइड्रेट राख्छ र क्लोरिन सोस्नबाट रोक्छ । मोइस्चराइजर लगाएपछि स्विमिङ पुलमा जानुभन्दा कम्तीमा १५ मिनेट अघि एसपीएफ ५० र वाटर रेजिस्टेन्ट सनस्क्रिन लगाउनुहोस् । साथै, हरेक दुई घण्टामा सनस्क्रिन रिअप्लाई गर्न नबिर्सनुहोस् ।

कपालको हेरचाह

पुलमा जानु अघि स्विमिङ क्याप लगाउनुपर्छ । त्यसैगरी, यदि क्याप लगाएपछि पनि कपाल रुखो भएमा, पौडी खेल्नु अघि कपालमा तेल लगाउनुहोस् । तेलले तपाईंको कपालमा एक सुरक्षात्मक तह बनाउँछ, जसले कपाललाई क्लोरिनबाट कम नोक्सान हुन्छ ।

पौडी खेलेपछि के गर्ने ?

तुरुन्तै नुहाउनुहोस्

पौडी खेलेपछि तुरुन्तै सफा पानीले नुहाउनुहोस् । यसो गर्दा शरीरमा रहेको क्लोरिन र ब्याक्टेरिया हट्छन् ।

मोइस्चराइज गर्नुहोस्

नुहाएपछि पनि छालामा राम्रोसँग मोइस्चराइजर लगाउनुहोस् । यसले छालालाई डिहाइड्रेसन र पोल्नबाट बचाउँछ ।

कपालको सफाइ र पोषण

पौडी खेलेपछि कपाललाई स्याम्पुले धुनुहोस् र हाइड्रेटिङ कन्डिसनरको प्रयोग गर्नुहोस् । यसले कपाललाई नरम राख्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved