कोलेस्ट्रोल कम गर्ने एउटा जुस

नेपालभ्युज

कोलेस्ट्रोल कम गर्ने एउटा जुस

एजेन्सी । अहिले जो कोहीलाई कोलेस्ट्रोलको समस्या भइरहेको पाइन्छ । यस्तोमा तपाईं घरमै केही उपाय अपनाएर पनि कोलेस्ट्रोल कम गर्न सक्नुहुन्छ । कोलेस्ट्रोल नियन्त्रण गर्नका लागि तपाईं टमाटरको जुस बनाएर पिउन सक्नुहुन्छ । यो एकदमै धेरै प्रभावकारी हुन्छ ।

उच्च कोलेस्ट्रोलका विरामीहरुका लागि टमाटरको जुस एकदमै लाभदायक मानिन्छ । टमाटरमा लाइकोपीन नामक कम्पाउन्ड भरपूर रुपमा पाइन्छ । लाइकोपीनले हाम्रो शरीरमा जम्मा भएको खराब कोलेस्ट्रोललाई कम गर्न सक्छ ।

लाइकोपीनले लिपिडको लेवललाई बुस्ट गर्न एकदमै प्रभावकारी सावित हुन्छ । विभिन्न खोज तथा अनुसन्धानमा पाइएअनुसार टमाटरको जुस बनाउँदा लाइकोपीन कम्पाउन्ड बढ्छ ।
टमाटरको जुसमा फाइबर र नियासिन समेत अन्य पोषक तत्वको मात्रा पनि भरपूर रुपमा पाइन्छ । यो सबै तत्व मिलेर शरीरमा कोलेस्ट्रोललाई नियन्त्रण गर्न सहयोग गर्दछ ।

कोलेस्ट्रोलको समस्याबाट जुधिरहेका व्यक्तिले दैनिक एक गिलास टमाटरको जुस पिउन सक्छन् । यो जुसको सेवन बिहानको समयमा पिउन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved