अवरुद्ध भएका नसा खोल्ने योगासन

नेपालभ्युज

अवरुद्ध भएका नसा खोल्ने योगासन

एजेन्सी । नसा हाम्रो शरीरको प्रमुख अंग हो । विभिन्न कारणहरुले गर्दा नसा ब्लक यानिकी अवरुद्ध हुने समस्या देखिने गर्छ । जसले गर्दा शरीरमा दुखाई तथा अन्य समस्याहरु हुने गर्छन् ।

यस्तोमा नसालाई खोल्नका लागि केही योगासनहरु गर्न सकिन्छ । जसलाई नियमित रुपमा गर्दा ब्लक भएका नसाहरु खुल्नेछन् ।

बद्धकोणासन

अवरुद्ध भएका नसाहरुलाई खोल्नका लागि बद्धकोणासनको अभ्यास गर्न सकिन्छ । साथमा बद्धकोणासनले शरीरको रक्तसञ्चारलाई राम्रो बनाउने काम गर्छ । यसलाई गर्नका लागि पनि एकदमै सजिलो छ ।

बज्रासन

अवरुद्ध भएका नसाहरुलाई खोल्नका लागि बज्रासनको अभ्यास गर्न पनि सकिन्छ । साथमा यसको नियमित अभ्यासले तौल कम गर्न पनि सहयोग गर्छ । विशेषगरी बज्रासन खाना खाइसकेपछि केहीबेर गर्न सकिन्छ । बज्रासन अवस्थामा बस्ने मात्र यो योगाको काम हो ।

अधोमुख श्वान आसन

यो आसनले पनि अवरुद्ध भएका नसाहरुलाई खोल्ने काम गर्छ । यसलाई नियमित गर्दा शरीरमा रगतको सञ्चार राम्रोसँग हुन्छ । जसले गर्दा सम्पूर्ण शरीरका नसाहरुको अवरोध खुल्छ ।

भुजंगासन

नसालाई खोल्नका लागि भुजंगासनको अभ्यास गर्न सकिन्छ । साथमा यो अभ्यास नियमित रुपमा गरेमा शरीर दुख्ने समस्या पनि कम हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved