गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलको मसाल जुलुस (तस्वीरहरु)

सोमबार साँझ काठमाडौंको बत्तीसपुतलीमा  तरुण नेता दिनेश विक्रम शाहको नेतृत्वमा निस्किएको जुलुसले गृहमन्त्री लामिछाने विरुद्ध चर्को नारा लगाउदै राजीनामा माग गरेको हो  ।

गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलको मसाल जुलुस (तस्वीरहरु)

काठमाडौं । सहकारीको बचत रकम अपचलनको विषयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले विरोध जुलुस निकालेका छन् ।

सोमबार साँझ काठमाडौंको बत्तीसपुतलीमा  तरुण नेता दिनेश विक्रम शाहको नेतृत्वमा निस्किएको जुलुसले गृहमन्त्री लामिछाने विरुद्ध चर्को नारा लगाउदै राजीनामा माग गरेको हो  ।

गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति गठन हुनुपर्ने, गिरीबन्धु चिया बगानको जग्गा सट्टापट्टाको विषय छानबिन हुनुपर्ने भन्दै उनीहरुले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री र पदम अर्याल भूमि व्यवस्था मन्त्री भएका बखत ऐन नै संशोधन गरेर गिरीबन्धु चिया बगानलाई प्लटिङ गर्ने इजाजत दिएको भन्दै युवा तथा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले सहकारी अनियमितता प्रकरणमा फरार जबवी राईलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा उभ्याउन पनि माग गरेका छन् ।

atachments (2) 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved