काभ्रेपलाञ्चोक । गतवर्ष असोज १२ गते रोशी खोलामा आएको बाढीले तहसनहस बनाएको पनौती नगरपालिका-१२ स्थित भूमेडाँडा क्षेत्र लयमा फर्किन थालेको छ ।
बाढीको कारण आफ्नो बहाव परिवर्तन गरेर बस्ती पसेको रोशीलाई पुरानै धारमा फर्काउने काम तीव्र रुपमा भइरहेको छ ।
वडाध्यक्ष जयराम केसी (खत्री) का अनुसार रोशीलाई पुरानै धारमा बहन र किनारामा तटबन्ध निर्माण गर्न मात्र आर्थिक वर्ष ०८१/८२ मा १ करोड ८० लाखको बजेट छुट्ट्याइएको थियो । जसमध्ये आर्थिक वर्षको अन्त्यदेखि काम भइरहेको छ ।
यसैगरी समग्रमा पनौती नगरपालिकाले आफ्नो पालिकाभित्र बहने रोशी खोलाको किनारमा तटबन्ध निर्माण गरि रोशीलाई पुरानै धारमा फर्काउन ५ करोड बजेट छुट्टाएको छ ।
हेरौं तस्वीरहरू –

सम्बन्धित सामग्री –
खण्डहरमा परिणत भूमेडाँडा, बाढीपीडितलाई पिउन पानीसमेत छैन ! (तस्वीरहरू)
Facebook Comment
Comment