आफूले समर्थन गरेको उम्मेदवार प्रारम्भिक गणनामा तेस्रो भएपछि हर्कले भने- ‘हिरोको खेल लास्टमा आउँछ’ !

नेपालभ्युज

आफूले समर्थन गरेको उम्मेदवार प्रारम्भिक गणनामा तेस्रो भएपछि हर्कले भने- ‘हिरोको खेल लास्टमा आउँछ’ !

काठमाडौं । इलाम २ को मतगणनाको प्रारम्भिक मत परिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा छ ।

नेपाल कांग्रेसको अग्रता कायम ररिरहँदा स्वतन्त्र उम्मेदवार पछाडि परेपछि धरानका मेयर हर्क साङ्पाङले ‘हिरोको रोल पछाडि’ आउने भन्दै टिप्पणी गरेका छन् ।

फाकफोकथुम गाउँपालिकाको वडा नं. १, २ र ३ को मतगणना सकिँदाको अवस्थामा मेयर हर्कले समर्थन गरेको उम्मेदवार तेस्रो नम्बरमा छन् ।

पछिल्लो सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसका डम्बर खड्काले १ हजार ६ सय ४३ मतसहित अग्रता कायम राखेका छन् ।

नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ६ सय १ मतसहित खड्कालाई पछ्याइरहेका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४ सय ३७ मत छ । रास्वपाका मिलन लिम्बूले ३ सय ५ मत प्राप्त गरेका छन् ।

यो परिणाम आएपछि मेयर हर्कले भने फेसबुकमा लेखेका छन्, ‘हिरोको खेल लास्टमा आउँछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved