माधव नेपाल भन्छन् – अहिलेको सत्ता समीकरण तात्कालिक सहकार्य मात्रै हो, बद्लिन सक्छ

नेपालभ्युज

माधव नेपाल भन्छन् – अहिलेको सत्ता समीकरण तात्कालिक सहकार्य मात्रै हो, बद्लिन सक्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अर्को सत्ता समीकरणको पक्षमा रहेको आशय व्यक्त गरेका छन् ।

पार्टीको जारी पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकमा उनीद्वारा प्रस्तुत ५७ पेजको राजनीतिक प्रतिवेदनमा उनले अहिलेको समीकरण संयुक्त मोर्चा नभइ, तात्कालिक राजनीतिक सहकार्य मात्र भएको बताएका छन् ।

‘यो समीकरण वर्तमान संसद्को संरचना अनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो । यो दीर्घकालीन होइन तात्कालिक राजनीतिक सहकार्य मात्र हो’, प्रतिवेदनमा उल्लेख छ, ‘त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने यस्तो तात्कालिक राजनीतिक समीकरण वा सहकार्य पनि बदलिन सक्छ ।’

प्रतिवेदनमा समाजवादी मोर्चाको पनि चर्चा गरेका छन् । सो मोर्चा समाजवादी कार्यदिशा अँगालेका वामपन्थी पार्टीहरूबीचको राजनीतिक संयुक्त मोर्चा भएको उनको भनाइ छ ।

‘यस मोर्चाको मुख्य लक्ष्य र उद्देश्य संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै समाजवादको नेपाली बाटो तय गर्ने र समाजको अग्रगामी रूपान्तरणको कार्य अगाडि बढाउने रहेको उनको भनाइ छ ।

‘यस उद्देश्य अनुरूप मोर्चालाई राम्रोसँग परिचालन गर्न सकियो भने समाजवादी क्रान्तिलाई अगाडि बढाउन केही न केही योगदान पुग्ने छ’, अध्यक्ष नेपालको विश्वास छ ।

उनले समाजवादी मोर्चालाई सुदृढ र कृयाशील बनाई वामपन्थी शक्तिहरूबिच सहकार्यको विकास गर्नु र कम्युनिस्ट आन्दोलनको एकीकरणका आधारहरू निर्माण गर्नु अर्को एक महत्त्वपूर्ण कार्यभार रहेको र सो कार्यभार पूरा गर्न आफ्नो पार्टीले पहल गर्नुपर्ने प्रतिवदेनमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved