१२ को परीक्षा दिएर फर्किरहेकी युवतीमाथि गोली प्रहार, अवस्था गम्भीर

नेपालभ्युज

१२ को परीक्षा दिएर फर्किरहेकी युवतीमाथि गोली प्रहार, अवस्था गम्भीर
प्रतिकात्मक स्केच

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ । हिमालय माद्यामिक विद्यालयमा अध्ययनरत छात्रामाथि गोली प्रहार भएको हो ।

उनी उदयपुरकी एनिका गजमेर (निशा)  हुन् । उनको अवस्था गम्भीर छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार उनी दमकमा डेरा गरी बसेर बढ्दै आएकी थिइन् ।

उनलाई गोली हान्नेको पहिचान भइसकेको छ । सिरहाका अमितकुमार यादवले बाटो ढुकेर गोली हानेको प्रहरीले जनाएको छ । गोली हान्नुको कारण र गोली हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved