विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित भारतीय महिला पक्राउ

नेपालभ्युज

विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित भारतीय महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा ५३ वर्षीया भारतीय नागरिक खेमानी मिना सुजित सिंह रहेको विमानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एसएसपी सोमेन्द्र राठौरले नेपालभ्युजलाई जानकारी दिए ।

उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

‘पक्राउ परेकी सिंह एअर अरेबियाको उडानमा यूएईको शारजाहबाट काठमाडौं आएकी थिइन् ।  उनको साथबाट १ हजार १६० ग्राम सुन बरामद गरिएको छ,’ राठौरले भने ।

सिंहले अर्धठोसको स्वरुपमा उक्त सुन ल्याइएको पाइएकाे प्रहरीले जनाएको छ ।

‘शंका लागेर जाँच गर्दा सुन फेला परेको हो । प्लाष्टिकले र्‍याप गरेका तीनवटा डल्ला अर्धठोस सुन उनीबाट बरामद भएको छ,’ राठौरले थपे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved