किशोरीको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई आजीवन कारावास र जरिवाना

किशोरीको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई आजीवन कारावास र जरिवाना

बुटवल । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–४, शान्तिपुरमा गत कात्तिक १६ गते एक किशोरीको बलात्कारपछि हत्या गरेको घटनामा संलग्न बाँके खजुरा गाउँपालिका–७ का २३ वर्षीय रहिस खाँलाई जिल्ला अदालत गुल्मीले आजीवन कारावास र कुल पाँच लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। जिल्ला अदालतका न्यायाधीश युवराज गौतमको इजलासले बुधबार उक्त फैसला सुनाएको  हो।

२०७९ कात्तिक १६ गते धान काट्ने क्रममा सुर्ती किन्न नजिकैको पसल गएकी किशोरी बेपत्ता भएकी थिइन्। घटनाको भोलिपल्ट, कात्तिक १७ गते, उनको शव शान्तिपुरस्थित हुँग्दीखोलामा नग्न र डुबेको अवस्थामा फेला परेको थियो।

घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीले स्थानीय चन्द्रकोटमा रहेको मदरसामा अध्यापन गराउने खाँलाई पक्राउ गरेको थियो। अदालतले पेस गरिएका प्रमाणहरूको आधारमा उनलाई दोषी ठहर गर्दै यो फैसला सुनाएको हो।

जिल्ला अदालत गुल्मीका न्यायाधीश युवराज गौतमको इजलासले खाँलाई बलात्कार अभियोगमा मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (३) र दफा ३ (क) र (ख) अनुसार १४ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तोकेको छ।

त्यस्तै, कर्तव्य ज्यान अभियोगमा अदालतले मुलुकी अपराध संहिता २०७४ को दफा १७७ उपदफा (१) र दफा ४१ बमोजिम जीवित रहेसम्म जन्मकैद र पीडित पक्षलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत गुल्मीका सूचना अधिकारी कमल पन्थीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved