विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी, एमालेको अडान कायमै

एमालेले शुक्रबारकै बोली दोहोर्‍याएपछि मुख्यमन्त्री सोडारी अलमलमा परेका छन् । उनलाई एमालेले भनेको मान्नुपर्ने बाध्यता छ । किनकि एमालेबिना उनको पक्षमा बहुमत जुट्दैन । प्रदेश सभामा ११ सिट भएको एमालेले मत नदिएको खण्डमा सोडारी नेतृत्वको सरकार ढल्न पनि सक्छ ।

नेपालभ्युज

विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी, एमालेको अडान कायमै

काठमाडौं । शुक्रबार विश्वासको मत लिन तम्सिएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारी यत्तिकै रोकिनुपर्‍यो । केन्द्रीय सत्ता समीकरणअनुसार आफूलाई समर्थन गर्नुपर्ने दल नेकपा (एमाले) ले तत्काल विश्वासको मत नदिने अडान राखेपछि मुख्यमन्त्री सोडारी प्रदेशसभा बैठक स्थगित गर्न आग्रह गर्दै प्रदेश प्रमुख नजिर मियाँकहाँ पुगेका थिए ।

शुक्रबार रोकिएका मुख्यमन्त्री सोडारीले शनिवार विश्वासको मत लिन चाहेका छन् । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि शनिवार साँझ साढे ५ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

तर, एमाले भने आफ्नो अडानबाट पछि हटेको छैन । उसले मुख्यमन्त्री सोडारीलाई हतार नगर्न सुझाव दिएको छ । एमाले संसदीय दलका नेता राजेन्द्र रावलले नेपालभ्युजसँग भने, ” हामीले विश्वासको मत नदिने भनेका छैनौँ । तर, हतार गर्नुपर्ने कुनै कारण छैन । पर्याप्त सल्लाह नगरीकन हामीले विश्वासको मत दिन्नौँ, योचाहिँ भनेका हेौँ ।”

एमालेले शुक्रबारकै बोली दोहोर्‍याएपछि मुख्यमन्त्री सोडारी अलमलमा परेका छन् । उनलाई एमालेले भनेको मान्नुपर्ने बाध्यता छ । किनकि एमालेबिना उनको पक्षमा बहुमत जुट्दैन । प्रदेश सभामा ११ सिट भएको एमालेले मत नदिएको खण्डमा सोडारी नेतृत्वको सरकार ढल्न पनि सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved