पनौती जङ्गलमा वकिल मृत फेला, चार दिनअघि वानेश्वरबाट भएका थिए सम्पर्कविहीन

नेपालभ्युज

पनौती जङ्गलमा वकिल मृत फेला, चार दिनअघि वानेश्वरबाट भएका थिए सम्पर्कविहीन
सांकेतिक तस्वीर।

काठमाडौं । काभ्रेको पनौती नगरपालिका–५ स्थित चौकोट जङ्गलमा अधिवक्ता मृत अवस्थामा भेटिएका छन् ।

ओखलढुङ्गा घर भएर बानेश्वर बस्ने हरिशंकर दाहाल मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार रुखमा पासो लागेको अवस्थामा भेटिएको शव निकालेर पोष्टमार्टम गर्न धुलिखेल अस्पतालमा पठाइएको छ ।

अधिवक्ता दाहाल शुक्रवारदेखि परिवारको सम्पर्कमा थिएनन् । उनी परिवारसँग बानेश्वरमा बस्दै आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved