काठमाडौं र नुवाकोटमा पढाइरहेका दुई शिक्षक पुरस्कृत

शिक्षकद्वय कल्पना जोशी र बिजय बोगटीलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा पुरस्कृत गरेको हो ।

नेपालभ्युज

काठमाडौं र नुवाकोटमा पढाइरहेका दुई शिक्षक पुरस्कृत

काठमाडौं । रोटरी क्लब अफ कान्तिपुर काठमाडौंले प्राथमिक तहका विद्यार्थीको विकास र समृद्धिमा योगदान पुर्‍याउने दुई जना शिक्षकलाई ‘रोटरी क्लब कान्तिपुर–सुशीला किरण प्याकुर्‍याल पुरस्कार’ बाट पुरस्कृत गरेको छ ।

उक्त संस्थाले आफ्नो २४औँ स्थापना दिवसको अवसरमा बुधबार शिक्षकद्वय कल्पना जोशी र बिजय बोगटीलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा पुरस्कृत गरेको हो ।

जोशी हाल कंकाली माद्यामिक विद्यालय चन्द्रागिरी– १३ मा पढाउँछिन् भने बोगटी सुन्दरादेवी आधारभूत विद्यालय, नुवाकोटमा पढाइरहेका छन्।

यस पुरस्कारका लागि काठमाडौं उपत्यकाभित्रका सामुदायिक विद्यालयहरू तथा रोटरी क्लब कान्तिपुर–उर्मिला व्यास छात्रवृत्तिमा आवद्ध विद्यालयहरूलाई समावेश गरिएको थियो ।

रोटरी क्लब अफ कान्तिपुरका अध्यक्ष रोटेरियन शरद बिष्टको अध्यक्षतामा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो। प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटेरियन राजेन्द्र प्रसाद धोजुद्वारा सो पुरस्कार वितरण गरिएको थियो ।

सो अवसरमा पुरस्कारका प्रारम्भकर्ता रोटेरियन किरण नाथ प्याकुर्‍यालले पुरस्कारको महत्त्वबारे बोलेका थिए। उनले कार्यक्रममा भने, ‘यदि हामी देशको विकास गर्न चाहान्छौँ भने प्राथमिक तहको शिक्षा अत्यन्त बलियो बनाउनुपर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved