उच्च अदालतले पुन: मतगणना गर्न आदेश दिएको व्यास नगरपालिकामा के भएको थियो ?

नेपालभ्युज

उच्च अदालतले पुन: मतगणना गर्न आदेश दिएको व्यास नगरपालिकामा के भएको थियो ?

काठमाडौं । तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।

व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गरेको रिटमा अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको हो ।

उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले रिट निवेदक जोशीको पक्षमा फैसला सुनाएको उच्च अदालतका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए ।

विवाद के हो ?
स्थानीय तहको निर्वाचनअन्तर्गत व्यास नगरपालिकाको प्रमुख वैकुण्ठ न्यौपाने १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका थिए । प्रतिस्पर्धी उम्मेदवार जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गरेका थिए ।

जोशी कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका छोरा हुन् । सुरुमा कांग्रेसबाट उम्मेदवारी दर्ता गराएका जोशीलाई पार्टीले हटाएपछि नेकपा एमालेको समर्थनमा चुनाव लडेका थिए ।

वडा नम्बर ८ मा मतदानका समयमा मतपत्र च्यातिएपछि पुनः मतदान भएको थियो । पहिलो चरणको मतदानमा धाँधली भएको भन्दै निर्वाचन आयोगले पुनः मतदान गराएको थियो ।

त्यसबेला जोशीमाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका थिए । घाइते भएपछि जोशी काठमाडौं आएका थिए ।

सो वडामा कांग्रेसका युवराज गुरुङ ९ सय १४ मतसहित वडाध्यक्ष निर्वाचित भएका थिए ।

त्यसपछि मतगणनामा धाँधली भएको भन्दै जोशीले विसं २०७९ जेठ १२ गते निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृत, मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँ, जिल्ला निर्वाचन कार्यालय तनहुँ र वैकुण्ठनाथ न्यौपानेलाई विपक्षी बनाई रिट दर्ता गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved