भारतको कश्मीरबाट ३५ नेपालीको उद्धार, बन्धक बनाएर लगाइएको थियो काम

नेपालभ्युज

भारतको कश्मीरबाट ३५ नेपालीको उद्धार, बन्धक बनाएर लगाइएको थियो काम

काठमाडौं । भारतको कश्मीर पुर्याएर बन्धक बनाइएका ३५ जना नेपालीको उद्धार गरिएको छ ।

दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा ती नेपालीहरुलाई कश्मीरबाट उद्धार गरिएको हो ।

सर्लाही, महोत्तरी र धनुषाका ती नेपालीलाई राम्रो आम्दानीको प्रलोभनमा कश्मीर पुर्याएर बन्धक बनाई काममा लगाइएको थियो ।

उद्धार गरिएकामा महोत्तरीका २३, सर्लाहीका ९ र बाँकी धनुषाका छन् । त्यसमा ६ जना नाबालकसमेत छन् ।

कश्मीर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खेसेर ठेकेदारले पारिश्रमिक समेत नदिई कुटपिट, डर धम्की देखाएर काममा लगाउँदै आएको थियो ।

घटनामा दुई अभियुक्तलाई पक्राउ गरिएको छ ।

अहिले उद्धार गरेर नेपाल पठाउने तयारी भइरहेको ‘किन इन्डिया’का प्रमुख नवीन जोशीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved