काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले भुक्तानी नपाएर कराइरहेका निर्माण व्यवसायीहरूको भुक्तानी आगामी वर्षको बजेटबाट हुने बताएका छन् ।
बुधबार आर्थिक वर्ष २०८१/८२ को पूर्व बजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले सरकारको मनोबल उच्च रहेको पनि बताए ।
‘हिजो प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा रोजगार र उत्पादनसँग सम्बन्धित कुरा उठेको छ । यी विषयवस्तुमै केन्द्रित रहेर बजेट आउँछ,’ उनले भने, ‘मौद्रिक नीति पनि बजेटसँग तालमेल मिल्ने गरि आउँछ र आउनपर्छ ।’
उनले नीति तथा कार्यक्रममा उल्लेख नभएका विषयलाई बजेटमा नसमेटिने बताए ।
सबै क्षेत्रका लागि सरकार समान रहेकाले सबैको सुझावलाई समेटिएको उनको भनाई छ । ‘एकाथरी भन्नुहुन्छ, बजेटको आकार नबढाउनुस्, फेरि हाम्रो हाहाकार हुन्छ । अर्काथरी भन्नुहुन्छ बजेटको आकार बढाउनोस् । अर्थतन्त्र चलाउन बनाउन यो जरूरी हुन्छ ।’ पुनले भने ।
करका दर फराकिलो बनाउन नयाँ/नयाँ बाटो पैलाउने पुनको भनाई छ ।
Facebook Comment
Comment