ओलीको आरोप – कांग्रेसले ७० बिघा गिरीबन्धु टि स्टेटको जग्गा कमिसन खाएर बेच्यो

नेपालभ्युज

ओलीको आरोप – कांग्रेसले ७० बिघा गिरीबन्धु टि स्टेटको जग्गा कमिसन खाएर बेच्यो

काठमाडौं । सत्तारूढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले गिरीबन्धु टि—स्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाएका छन् ।

सरकारमा रहँदा ओलीले टि—स्टेटको जग्गामा नीतिगत भ्रष्टाचार गरेको आरोप कांग्रेसले लगाइरहेका बेला उनले सो आरोप लगाएका हुन् ।

बुधवार पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको तत्कालिन सरकारले १९ बिघा र ५१ बिघा टि स्टेटको जमिन कमिसन खाएर बेच्न लगाएको आरोप लगाउँदै छानविन गर्नुपर्ने माग समेत गरे ।

उनले कांग्रेसले गरेका बद्मासीबारे एमाले चुप लागेर बस्ने पक्षमा नरहेको पनि बताए । साथै, ओलीले कांग्रेसले गरिमामय संसद् र देशको बहुमूल्य समय खेर फाल्ने गरी संसद अवरूद्ध गर्न नहुने जिकिर गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved