लामिछानेले टी-२० विश्वकप खेल्ने बाटो खुल्यो, क्यानको बोर्ड बैठकले निर्णय लिने

नेपालभ्युज

लामिछानेले टी-२० विश्वकप खेल्ने बाटो खुल्यो, क्यानको बोर्ड बैठकले निर्णय लिने

काठमाडौं । बलात्कार मुद्दामा अदालतबाट निर्दोष ठहर भएपछि क्रिकेटर सन्दीप लामिछानेका लागि टी-२० विश्वकप क्रिकेट खेल्ने बाटो खुलेको छ ।

बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाडौंको फैसला उल्टाएको हो ।

निर्दोष ठहर भएपछि लामिछानेले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको विश्वकपमा सहभागी हुन पाउने सम्भावना रहेको छ ।

सन्दीपलाई सफाइ दिने उच्च अदालतले टेकेको यी दुई आधार

यसबारे निर्णय गर्न नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक चाँडै बस्ने तयारीमा छ ।

विश्वकप टोलीमा सहभागी हुन क्यानले आईसीसीलाई सिफारिस गर्नुपर्नेछ । आईसीसीका अनुसार मे २५ सम्म खेलाडी परिवर्तन गर्न सकिनेछ । यसकारण क्यानले त्यसअघि सिफारिस गर्नुपर्नेछ ।

बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई उच्च अदालतले दियो सफाइ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved