सन्दीपलाई सफाइ दिन उच्च अदालतले टेकेको यी दुई आधार

जसमा ‘गौशाला २६’ नाबालिग भन्ने दाबी प्रमाणित नभएको भनिएको छ । दोस्रोमा जबरजस्ती करणी गरेको सबुत प्रमाणले पुष्टि नगरेको इजलासको ठहर छ ।

नेपालभ्युज

सन्दीपलाई सफाइ दिन उच्च अदालतले टेकेको यी दुई आधार

काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिन दुई आधार टेकेको छ ।

जिल्ला अदालत काठमाडौंले बलात्कार ठहर गरेको फैसला उल्टाउँदै उच्च अदालतले उनलाई निर्दोष ठहर गर्न पीडितको उमेर मुख्य देखाएको छ ।

उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनलाई सफाइ दिनुपछाडि २ आधार टेकेको छ ।

जसमा ‘गौशाला २६’ नाबालिग भन्ने दाबी प्रमाणित नभएको भनिएको छ । दोस्रोमा जबरजस्ती करणी गरेको सबुत प्रमाणले पुष्टि नगरेको इजलासको ठहर छ ।

जिल्ला आदालतले सन्दीपलाई ८ वर्षको जेल सजाय तोकेको थियो । सो फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । फैसलासँगै सन्दीप फेरि क्रिकेट खेल्न योग्य भएका छन् ।

बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई उच्च अदालतले दियो सफाइ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved