इलाम २ मा एमालेका सुहाङले अग्रता बढाए, फाकफोकथुमको गणना सकियो

नेपालभ्युज

इलाम २ मा एमालेका सुहाङले अग्रता बढाए, फाकफोकथुमको गणना सकियो

काठमाडौं । इलाम– २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।

फाकफोकथुम गाउँपालिकाका सबै वडाको मतगणना सकिँदा नेम्वाङले प्रतिद्धन्दी कांग्रेसका डम्बर खडकालाई ११५५ मतले पछि पारेका छन् ।

नेम्वाङले ४ हजार ४१३ मत प्राप्त गरेका छन् भने कांग्रेसका खड्काले ३ हजार २५८ मतसहित उनलाई पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिं थेगिम छन् । उनले ९६३ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु ६४५ मतसहित चौथो स्थानमा छन् ।

फाकफोकथुमपछि अहिले चुलाचुली गाउँपालिका वडा नम्बर १ को मतगणना थालिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved