कोशीमा एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने तर, प्रतिपक्ष बेञ्चमा बस्ने

नेपालभ्युज

कोशीमा एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने तर, प्रतिपक्ष बेञ्चमा बस्ने

विराटनगर । नेकपा (एकीकृत समाजवादी) ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिने भएको छ ।

सोमबार मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रयोजनसहित प्रदेशसभा बैठक बसिरहेको छ ।

बैठकमा भाग लिँदै एकीकृत समाजवादीका सांसद कमलप्रसाद जबेगुले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने बताए ।

“हामी विश्वासको मत दिन्छौँ तर, हामी सरकारमा सामेल नभएका कारण प्रतिपक्षी बेञ्चमा बस्छौँ,” जबेगुले भने । प्रदेशमा एकीकृत समाजवादीसँग ४ सांसद छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved