कोशी : केदार कार्कीले पाएनन् अन्तरिम आदेश

नेपालभ्युज

कोशी : केदार कार्कीले पाएनन् अन्तरिम आदेश
फाइल तस्वीर

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

शुक्रबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

एमालेका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएपछि कार्कीले उक्त नियुक्त बदर माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

साथै, उनले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन परमादेश माग गरेका थिए ।

रिटमा कार्कीले प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा सङ्कल्प प्रस्तावका समर्थकहरूलाई विपक्षी बनाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved