पाथिभरामा केवलकार निर्माणको विरुद्धमा आन्दोलनरत समूह आक्रोशित, मेची राजमार्ग बन्द

नेपालभ्युज

पाथिभरामा केवलकार निर्माणको विरुद्धमा आन्दोलनरत समूह आक्रोशित, मेची राजमार्ग बन्द

काठमाडौं । ताप्लेजुङको पाथिभरा मन्दिर जाने मार्गमा केवलकार निर्माणको विपक्षमा रहेको आन्दोलनरत समूहले यातायात बन्द गरेको छ । केवलकार निर्माण गर्ने भन्दै पाथीभरा मन्दिर जाने बाटोमा पर्ने रुख काट्न थालेपछि आन्दोलनरत समूहले यातायात बन्द गराएको हो ।

उनीहरुले मेची राजमार्ग र तमोर करिडोर सडक बन्द गराएका छन् । केवलकार निर्माण गर्दा साँस्कृतिक महत्व घट्ने भन्दै किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान संघ लगायतले विरोध गर्दै आएका छन् ।

कुनै हालतमा केवलकार बन्न नदिन संघर्ष समिति गठन गरेर उनीहरुले आन्दोलन गरिरहेका छन् । केवलकार कम्पनीले ताप्लेजुङको पाथीभारा जाने बाटोमा केवलकार बनाउने तयारी गरेको छ । केवलकारको रुटमा पर्ने रुख काट्न थालेपछि विरोधमा रहेकाहरु थप आक्रोशित भएका छन् ।

केवलकार निमार्णका लागि बैशाख ३० गतेबाट रुख काट्न थालिएको छ । रुख काट्ने क्रममा वैशाख ३१ गते झडप समेत भएको थियो । प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले पनि आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved