जसपा तीन फ्याक, पहिचानवादी मोर्चा घोषणा हुँदै

नेपालभ्युज

जसपा तीन फ्याक, पहिचानवादी मोर्चा घोषणा हुँदै

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल तीन फ्याक भएको छ ।

जसपा नेपालका सङ्घीय परिषद् अध्यक्ष रहेका अशोक राईले ‘जनता समाजवादी पार्टी’ गठन गरिसकेका छन्, उनको दललाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्रसमेत दिइसकेको छ ।

राईले जसपा नेपाल विभाजन गर्दा कुनै पक्षमा नलागेका नेताले पहिचानवादी मोर्चा बनाउँदैछन् । ती नेतामा पूर्वलिम्बूवान् नेता खगेन्द्र माखिम, डा. महेन्द्र लावतीलगायत छन् ।

यसअघि माखिमले सङ्घीय लिम्बूवान् राज्य परिषद्लाई जसपासँग एकता गराएका थिए । तर, जसपा नै सग्लो नरहेपछि पहिचानवादी मोर्चा बनाउन लागिएको उनले बताए । जसको घोषणा बिहीबार काठमाडौंमा हुँदैछ ।

प्राध्यापक डा. महेन्द्र लावती पनि सोही मोर्चामा सक्रिय रहनेछन् । “हामीले तीन दिनसम्म बृहत् छलफल गरेर निष्कर्ष निकालेका हौँ । हामी उपेन्द्रजी वा अशोकजीसँग छैनौँ । हामी मोर्चामा हुनेछौँ,” लावतीले भने ।

गत वैशाख १५ को उपनिर्वाचनमा यो समूहले पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूलाई समर्थन गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved