सुनको सिक्री लुटेको आरोपमा बूढानीलकण्ठबाट दुई जना पक्राउ

नेपालभ्युज

सुनको सिक्री लुटेको आरोपमा बूढानीलकण्ठबाट दुई जना पक्राउ

काठमाडौं । प्रहरीले लुटपाट गरेको आरोपमा बूढानीलकण्ठबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका-४ घर भएका १९ वर्षीय सरोजकुमार साह र सोही स्थानका २० वर्षीय राधेश्याम साह छन् ।

सरोजले बूढानीलकण्ठ नगरपालिका-३ बीएमसी स्कुल नजिक किराना पसल सञ्चालन गरेकी ७५ वर्षीया शारदा थापाको एक तोलाभन्दा बढीको सुनको सिक्री लुटेका थिए ।

घटना जेठ ४ गतेको हो ।

यस्तै, बूढानीलकण्ठ-२ माथिल्लो भंगालमा जेठ ३ गते ५६ वर्षीया सुमित्रा श्रेष्ठको करिब डेढ तोलाको सुनको सिक्री राधेश्यामले लुटेको आरोप लागेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved